Skip to content

आकाशको खोजीमा निस्किएँ

  • by


स्यानो छँदा
म सपनामा उड्ने गर्थेँ
एउटा रूखबाट अर्को रूख
एउटा पहाडबाट अर्को पहाड
बादलसितै माथिमाथि उडिरहन्थेँ
तर… तर पछि एकाएक
मेरो उडान रोकियो
मैले उडेको सपना देख्न छोडेँ
तर मैले आफ्ना पखेटाहरूलाई
कुँजिन दिइन
जतनसाथ राखिरहेँ,
ती आˆना पखेटाहरूलाई
एक दिन अनौठो भयो…
घाममा सुकाएका पखेटाहरू हेर्दाहेर्दै
आफैँ उड्न थाले
माथिमाथि आकाशमा
फन्को लगाउन थालेँ
कावा ?… रगन थालेँ
आश्चर्यचकित भएर
उडिरहेका आˆना पखेटाहरूलाई
मैले हेरिरहेँ
आँखा झिमिक्कै नगरी
एक टक हेरिरहेँ
हेर्दाहेर्दै तर केही वेरमै
केही समयमै
पखेटाहरू एकाएक
अचानक काटिएको चङ्गाजस्तै
मेरो अगाडि आएर फ्यात्त खसे
काँपिरहेका भयभित
ती पखेटाहरूलाई
मैले विस्तारै उठाएँ
अनि सुम्सुमाएँ … ढाढस दिएँ..
आतङ्कित पखेटाहरूलाई
विस्तारै विस्तारै सुम्सुमाएँ
र सोधें…
किन डराएको ? किन फर्किएको
आज यति छिट्टै किन फर्किएको ?
चिरबिर चिरबिरको
आवाज निकाल्दै
पखेटाहरूले कम्पित स्वरमा भने
अब हामी यो आकाशमा उड्दैनौ
यो विषाक्त भयावह आकाशमा
अब कहिलै कहिलै उड्दैनौ
हामीलाई एउटा अर्कै आकाश दिनोस्
एउटा यस्तो आकाश जहाँ
मृत्युको जाल थापिएको नहोस्
जहाँ गुलेली र बन्दुकको गोलीको
त्रास नहोस्
भयमुक्त भएर उड्न सकियोस्
हामीलाई स्यानै भए पनि आफ्नै
एउटा स्वतन्त्र आकाश खोजिदिनोस्
जहाँ स्वतन्त्र भएर
निश्चितताका साथ उड्न सकियोस्
यो सुनेपछि
म स्तब्ध भएँ
मेरो उड्ने रहर पनि
एकाएक पग्लिएर आँखाबाट खस्यो
मैले आˆना ती पखेटाहरूलाई
चुपचाप ब्यागभित्र राखे
र नयाँ आकाशको खोजीमा निस्किएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *