Skip to content

म हाँसेर रोऊँ कि रोएर हाँसु

  • by


म हाँसेर रोऊँ कि रोएर हाँसु
कठिन भो ठम्याउन कसरी बाँचु !!

फूलसित काँडा, काँडासँगै फूल
मुस्किल भो खुट्याउन कसरी भाँचु !!

कतै अग्लो, होचो नमिल्दो छ धर्ती
जटिल भो सम्याउन कसरी साँचु !!

सुर, बेसुरका लय, तान, धुन
मुस्किल भो मिलाउन कसरी नाचुँ !!

सही बेसही के ? सरोबर यहाँ
कठिन भो सच्याउन कसरी जाँचु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *