• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

अलग शैलीका अलग कविता

ks — Sun, 11/25/2012 - 19:00

  • पुस्तक/कृति समीक्षा
  • हरि अधिकारी
  • नेपाल साप्ताहिक

लामै समय कविता र कथादिका माध्यमबाट साहित्यको आराधाना गर्दै आएका धराने स्रष्टा चन्द्र घिमिरेको हालसालै प्रकाशनमा आएको कविता संग्रह हो, डन्ट टच मी ओ कविताहरू ! पुस्तक नामबाटै अलग देखिन्छ । यसमा संकलित ४२ थान कविता वास्तवमै अलग किसिमले लेखिएका छन् । कविले विषयवस्तुको चयनदेखि नै मौलिक दृष्टिकोणको विकास गरेका छन् । उनले रचेका विम्ब र रोजेका प्रतीक र मिथक पनि नेपाली कविताकारितामा चलनचल्तीमा रहेकाभन्दा नितान्त फरक लाग्छन् । कवि घिमिरेमा ताजापन छ ।

घिमिरेका कविताहरूलाई चिनाउने जमर्को गर्दै कविका निकटतम् मित्र र धरानकै अर्का सामर्थ्यवान् स्रष्टा रमेश केसी लेख्छन्, "चन्द्रका कविताको स्वर यथास्थिति र जडताको विरुद्ध छ । उनी अनुभूतिको तीव्रता भएका कवि हुन् । उनको कविताको विशेषता सन्दर्भ र विषयलाई लिएर बेग्लै र अनौठो प्रकार अर्थात् डिफेमिलराइजेसनले भन्नु पनि हो ।"

रमेश केसीले चन्द्रको कविता रच्ने सीप र शैलीलाई थोरै शब्दमा ठीक ढंगले अर्थ दिएका छन् भन्नुपर्छ । आजको एक जना अकिञ्चन नेपालीलाई कवि घिमिरे शब्द चित्रमा यसरी उतार्छन्,

जो ठगिँदै जन्मियो
ठगिँदै बाँच्यो
ठगिँदै मर्‍यो सूर्यास्तसँगै
उसो त गरिबी प्रहसनमा
नानी-अनुहारमा हर क्षण
झिंगाको योगशिविर
धपाएर छोराछोरी खुट्याउँछ
त्यो तस्बिर
एनजीओले गरिबी बेच्ने उत्कृष्ट प्रस्ताव
भेटिए ठान्नु
ती हाम्रो जमनाका रुकुमेली कटकबहादुर !
(हाम्रा जमानाका चार प्रतिनिधिहरू)

जानिफकारहरूले भनेका छन्, साहित्य, कला र संगीतको संसारमा नितान्त मौलिक भन्ने कुनै कुरा हुँदैन । प्रतिभावान् स्रष्टाले आफ्ना रचनामा नौलो लाग्ने जलप जडेर मौलिकताको विभ्रम पैदा गर्ने मात्र हो । यो सत्य वचनको आलोकमा हेर्दा कवि चन्द्र घिमिरेलाई सामर्थ्यवान् स्रष्टा भन्न सकिन्छ । उनले शब्दचित्रमा उतारेका सगुने जुम्ली, रुकुमेली कटकबहादुर, छापामार जमुनी र तारा खड्काहरू फरकजस्ता लाग्ने तर अन्तर्यमा उस्तै उस्तै भएर अनेक नाम र रूपाकारमा नेपाली कविताको विस्तृत फलकमा टाँगिएका पात्र हुन् । मोहन कोइरालाको गाइने साइँलो, भूपिका लाहुरेहरू, श्रवण मुकारुङको बीसे नगर्ची, यी पंक्तिका लेखकको उक्तिमलाल टमटा, भीमनिधि तिवारीको काठमाण्डूको हिउँदको जाडोमा लुगलुग कामिरहेको अनाम मानिस सबै नै चन्द्र घिमिरेका कविताका विशिष्ट पात्रका गोत्यार हुन् । यिनको व्यथाकथाको चित्रणमा घिमिरेले निजी छाप छोड्न सकेका छन्, महत्त्वपूर्ण कुराचाहिँ यति मात्र हो ।

विक्रमीय २ हजार ४० को दशकको प्रारम्भतिर धरान बजारका केही उत्साही साहित्यानुरागीहरूले एउटा सांस्कृतिक-साहित्यिक मण्डलीको संगठन गरेका थिए, 'अर्को जमात' नामले । अहिलेका नामी चलचित्र निर्देशक नवीन सुब्बा, लेखक-पत्रकार रमेश केसी, कवि टंक घिमिरे, राम क्षितिज आदि युवासम्मिलत 'अर्को जमात'को एउटा खम्बा थिए, चन्द्र घिमिरे । जमातका सदस्यहरू कविताको आराधना गर्थे, साहित्यिक-सांस्कृतिक कार्यक्रम चलाउँथे । त्यति बेलाको धरानमा जमातको ठूलो नाम थियो ।

अहिले 'अर्को जमात'को कुनै नाम-निसान छैन धरानमा । कवि टंक घिमिरे अब छैनन् । अरू सदस्य लाखापाखा लागेका छन् । कवि चन्द्र घिमिरेले पनि धरान बजारबाट सुरु गरेको जीवनयात्राको लामो बाटो अहिले राजधानीमा ल्याएर बिसाएका छन्, सरकारी कर्मचारीका रूपमा । तर, अन्तर्यमा चन्द्र घिमिरे जहिले पनि धरान बजारको त्यही स्मृतिलाई बोकेर बाँचिरहेका छन् । उनका कवितामा धरानको भू-दृश्य, जनजीवन र अनेकन् जीवित मृत पात्रहरू लगातार चिहाउन आइपुग्छन् ।

'भुइँचालोपछि धरान' शीर्षकको कवितामा कविको प्रिय थातथलो यसरी चित्रित भएको छ,

फोकलैण्डमा लडेको कप्तान
र, थियो छातीमा तक्मा
ऊ पनि रै'नछ अब ।

स्म्याक खान पैसा माग्ने
छोरो थियो
ऊ पनि रै'नछ अब ।
लडाइँबाट नफिरेको लोग्ने कुर्दी
अधबैँसे मनमाया थिई
ऊ पनि रै'नछे अब
के गरोस्
अस्तु लिएर प्रियजनको
बसाइँ हिँड्दै छ
अर्बेलाको पियक्कड
एकल वृद्ध लाहुरे धरान ।

चन्द्र घिमिरेले समीक्ष्य कवितासंग्रहबाट उच्चकोटीको सम्भावना भएको एउटा नेपाली कविको आगमनलाई सुनिश्चित गरेका छन् । आवश्यक छ, चन्द्र घिमिरेको कविताकारितामा प्रस्ट रूपमा र दोहोर्‍याई-तेहेर्‍याई देखिने शिल्पगत कमजोरीलाई हटाउनु । जीवनका विसंगत पक्षहरूलाई चित्रण गर्ने जमर्कोमा कविले कतिपय प्रसंगमा अमिल्दा र भद्दा विम्ब रचेका छन् । तिनले कविताको लालित्यमाथि प्रहार गरेको देखिन्छ । मनमा छड्किरहने अनेक किसिमका भाव र मानसिक उथलपुथललाई हतार गरेर एकै ठाउँमा गज्याङमज्याङ पारेर हालिदिएका कारण कति कविता बोझिला र नीरस भएका छन् । घिमिरेले कविता लेख्न जुन उदारताका साथ वाच्य भाषाको प्रयोग गरेका छन्, त्यसले पनि कविताको सौन्दर्यलाई बढाएको छैन । बरू घटाएकै छ । अंग्रेजी भाषाका शब्दहरूको अत्यधिक प्रयोग र कवितामा पैदा गर्न खोजेको प्रभाव प्राप्त गर्न दिइएका अनेकन् बाह्य सन्दर्भ, प्रतीक र मिथकहरू न त सुबोधगम्य छन्, न पाठकका लागि सुग्राह्य । कवि घिमिरेको वाच्य भाषाप्रतिको उग्र अनुरागलाई मात्रै होइन, अज्ञात र अप्रचलित सन्दर्भ, प्रतीक, विम्ब र मिथकहरूप्रतिको मोहलाई त्याग गरेर सुललित नेपाली लेख्य भाषामा नेपाली भावभूमि, जमिन र जनताका सरल कविता लेख्ने प्रयास गर्ने हो भने उनले सुन्दर कविता लेख्न सक्ने विश्वास गर्न सकिन्छ ।

डन्ट टच मी ओ कविताहरू !
लेखक : चन्द्र घिमिरे
प्रकाशक : फाइन प्रिन्ट आईएनसी
पृष्ठ : ९७
मूल्य : १९९ रुपियाँ

हरि अधिकारी
नेपाल साप्ताहिक अंक - ५२०
२०६९ कार्तिक २६

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 159
  • 968 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    4 days 12 hours ago
  • सानो आग्रह गरे है सर
    5 days 7 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 2 days ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 days ago
  • appreciate
    5 weeks 2 days ago
  • आभार
    5 weeks 3 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 6 days ago
  • आभार प्रकट गरे
    6 weeks 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 weeks 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • बाचा कसम् गरेपनि छोडिन्
  • रेखा कविता - ३ - अमूर्त रेखा : डायास्पोराको सिकारी र सिकार
  • गुरुको महिमा अपरम्पार
  • अदृश्यरूपमा आउने आक्रमणकारीलाई रोक्ने उपाय ः प्राणायाम
  • मेरी आमा, प्यारी आमा
  • बलभद्र पुजनोत्सव र कलवार जाति
  • उचाइ
  • आजभोलि हल्ला सुन्छु जीवनसाथी खोज्दै छौ रे
  • चालिरहुँ लागिरहने सुन्दर चाला गजलको
  • माथि तारे भीर, तल दरौंदी
  • त्यो रात को कुरा नगरौं
  • सपनीका मिलनहरू विपनीमा पाउने भए
  • घुम्तीमा नआऊ है
  • ठुलो एकादशीमा (बालकविता)
  • मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ
  • मनको कुरा
  • तिमी आयौ जून पनि मुस्कुराई शान्ति
  • सम्बन्ध त्यस्तो पनि त हुनसक्छ
  • यो देशमा
  • ओयामको एक तस्बिर
  • ह्याप्पी भ्यालेन्टाइन डे पृया
  • डर लाग्छ
  • मारामारी भयो सधैं अनि बुद्ध सोधें
  • धुन
  • चम्चा
  • जालमा
  • राष्ट्रभक्तिपूर्ण सङ्ग्रह
  • स्वाभिमान नि बेच्छन मान्छे
  • नेपाली साहित्यमा शतवाषिर्कीको सन्दर्भ
  • गौथली र भँगेरा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित