Skip to content

छ नि ओठ लालीपूर्ण

  • by


छ नि ओठ लालीपूर्ण श्वेतकला नाम सानु
बेलालीको ओठमा छ लाली सार्ने काम सानु

अहा कति सुन्दरी छौ मुटु चुडी लगि दियौ
निमेषको दर्शनमा पुग्छौं चारै धाम सानु

चाँदनीले आँखा छोप्ने तिम्रो दिव्य रूप हेरी
युवाहरू तिम्लाईदेखि गर्छन् चक्का जाम सानु

ओराली र उकालीमा तिम्रै नाम जप्छन् सबै
प्रेमपत्र धेरै लेखे खातै लागे खाम सानु

अन्तिम मेरो अपिलमा स्वागतको ढोका खोल
वरण योग्य अभागी छ खाम्ला दूध माम सानु

Leave a Reply

Your email address will not be published. Required fields are marked *