Skip to content

पैसासँग माया


छिटै घर आउनुभन्दा परदेश तिरै बस्ने तिमी
माया प्रेमलाई भुलेर पैसाको भेलमा भस्ने तिमी

अतित मैले भुल्ने पर्छ यौटासँग खुल्ने पर्छ
मेरो माया लात हान्दै अर्कै को मुटुमा पस्ने तिमी

तिम्रै यादमा टोलाउथे रातभरि सपनीमा
मलाई जिउदै रुवायर अन्तै सुर कस्ने तिमी

पैसा ठुलो देख्यौ तिमीले माया प्रेमभन्दा यहाँ
माया प्रेमलाई भुलेर पैसाकै भेलमा फस्ने तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *