Skip to content

हार्दिक श्रद्धान्जली धरहरा तिमीलाई


जिन्दगीको भाग दौडमा नालापानीको कथा जस्तो
युद्ध जितेर पनि हारिएको युद्ध जस्तो
जीवनभर निस्वार्थको त्यो आदर्शमा
कर्तव्यका तिमी अर्जुन भयौ
महारण संग्राममा तिमी एक्लो विजेता रह्यौ
कतै रगतका टाटाहरू लागेनन तिम्रो पहिरनमा
निरन्तरताको खुड्किलामा कुनै सिंहासनको
गद्धी पनि ताक्न सक्थ्यौ होला
तर सहजता तिम्रो त्यो जीवनको
तिमी आज धरहरा भयौ ।

धेरै खप्परहरूले कालो पगरी गुथिरहेका बेला
धेरै बज्र स्वाँठहरूले आडम्बरको टिम्बा ओढिरहेका बेला
त्यो कोलाहाल खाल्डो भित्र कोटी कोटी हातहरूले
जय जय कार गर्दै तानेको रथको लिङ्गो थियौ
जो ढले पनि पूजा गरिन्छ तिमी आज लिङ्गो भयौ
इमान्दारिता हराएको त्यो सिंगो मरुभूमिमा
क्याक्टस पनि ओइलाउन थालेको बेला
हजारौ बर्ष बर्षात भएन
तिमी आज मेलम्ची भयौ
असनको त्यो साँगुरो गल्लीमा
तिमी आज कोटेश्वर भक्तपुर भयौ
ति चिल्ला पजेराहरूमा रगतका छिटाले
रंग रोगन गरिरहेका बेला तिमी शरदको हिउँ भयौ
तिमी आज धरहरा भयौ ।

(स्वर्गीय भीम बहादुर तामांग ! कोटी कोटी नमन अनि हार्दिक श्रद्धान्जली !!)

Leave a Reply

Your email address will not be published. Required fields are marked *