Skip to content

च्यातिएको मुटु मैल सिएकै त हो

च्यातिएको मुटु मैल सिएकै त हो ।
तिम्ले दिदाँ विष पनि पिएकै त हो ।

ढुकढुकी बनी तिम्रो हृदयमा बस्न
तन मन धन मैले दिएकै त हो ।

न खुसीले बाँचे न त आयो काल
बेदनामा जली आफैं जिएकै त हो ।

शुष्कता हुदाँ तिम्रो वाणी वाणीमा
आज माया फलाम झै खिएकै त हो ।

भेऊ पाउन मेरो आत्मा डढाएरै
बाँकी त्यो भस्मावशेष लिएकै त हो ।………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *