• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

विकृतीको रुपमा मौलाउँदैछन् 'भ्यालेन्टाइन डे' अर्थात् प्रेम दिवस

Trichandra — Fri, 12/07/2012 - 23:33

  • अन्य विश्लेषण
  • त्रिचन्द्र 'प्रतीक्षा'
  • गोरखापत्र

प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन डे' हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवा-युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफुले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुन सक्छ ।

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहासलाई फर्केर हेर्दा एकजना रोमका सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राटको आदेशलाई एकजना सन्त भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेको थियो । एकजना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कारण सम्राटलाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फेबुअरीमा संसारमा 'भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको आरम्भ भएको हो ।

त्यसै समयदेखि महान् प्रेमी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमी प्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडीसकेको छ । देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवा माझ लोकप्रियता पाएको छ । प्रेमी-प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदान प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ ।

सर्च इन्जिन गुगल खोजमा 'भ्यालेन्टाइन डे' खर्च गर्दा १७ करोड ३० लाख भन्दा बढि नतिजा देखाउँछ भने लाखौं पेजले मायाको परिभाषा दिएका छन् । प्रेमको परिभाषा जति गरे पछि अपूरो नै हुन्छ । अंग्रेजी साहित्यमा पिएचडी गर्दै गरेकी श्रीमति सुमित्रा घिमिरे भन्छिन्- ''मायालाई परिभाषामा बाँध्नै सकिँदैन ।'' आजभोलिका युवावर्गहरुले मायाप्रेमलाई जुन कोणबाट हेरिन्छ, त्यहि अनुसारको अनुभूति हुन्छ । अहिलेको युवा जमात भौतिक नजरले हेर्छ, त्यसैले उपहारमा साट्छ माया र त्यसैमा अनुभव गर्छ । उहाँ थप्छिन् । त्यसैको परिणाम हुन सक्छ ।

यस दिवसको अवसरमा संसारभरि कार्ड र गिफ्ट पसलहरुमा प्रेमी प्रेमिकाको भीड लागेको हुन्छ । नेपालमा पनि बढी जसो सहरी भागमा यसको चहल पहल बढेको पाइन्छ । राजधानीको मुख्य भागहरु जस्तैः न्यूरोड, पुतलीसडक, घण्टाघर, खिचापोखरी, दरवारमार्ग, लगनखेल, भाटभटेनी लगायतका स्थानमा खोलिएका गिफ्ट पसलहरुमा यो समयमा निकै ठूलो भीड लाग्ने गरेको पाइन्छ ।
'भ्यालेन्टाइन डे' जति नजिकिइदैंछ, फूल तथा कार्ड व्यवसायीहरू आफ्नो पसल सजाउन उत्तिकै उत्साहित भएका छन् । न्यूरोडको 'हलमार्क कार्ड एण्ड गिफ्ट सप' का व्यापारी भन्छन्, 'हाम्रो कमाई राम्रो हुने समय भनेकै भ्यालेन्टाइन डे हो ।' भ्यालेन्टाइन डे धुमधामका साथ मनाउने मध्ये बढी जसो दसजोड दुई र क्याम्पस पढ्ने विद्यार्थी भएको खिचापोखरी 'आर्चिज' का व्यापारी बताउँछन् । 'यो समयमा उपहार छनौट भन्दा युवा-युवतीहरू आकर्षक प्याकिङ्ग चाहन्छन् ।'

भ्यालेन्टाइन डे लाई उपहार मार्फत प्रेम साटासाट गर्ने पर्वको रूपमा लिएकी छन्, धापासीकी कोहिनूर गुरुङ्गले । तर, यो दिन आत्मिय दिन भएकोले परिवारका सदस्य संगै बसेर मनाउने उनको सोचाई छ । विशेषगरि यसदिन आफूले चाहना गरेकोलाई प्रेम प्रस्ताव राख्नु यसदिनको विशेषता नै हो, यसदिन कुनै पनि युवा अथवा युवतीले एक आपसमा विना कुनै सङ्कोच प्रेम प्रस्ताव राख्न सक्छन् ।
प्राइम कजेलका छात्रा निर्जला प्रधानको प्रेम दिवसबारे सकारात्मक धारण छ । भ्यालेन्टाइन डे एउटा पर्व हो, हरेक वर्षो आफ्नै महìव छ, उनी भन्छन् । उनले सो दिन आफ्नी प्रेमिकासँग मनाउने कार्यक्रम बनाइसकेका छन् ।
एक एफ.एम. रेडियोको मनोरञ्जनात्मक कार्यक्रम सञ्चालक (आर.जे.) रामकृष्ण बजगाइँ तेस्रो शताब्दीदेखि चल्दैआएको उपहार आदान प्रदान गर्ने चलनले विश्वभरी महत्व पाएको बताउँछन् । यस्ता कुराले संस्कृति बिगार्यो बिगारेन भन्दा पनि अरूको अहित नगर्नु नै प्रमुख भएको उनी थप्छन् । सो दिन आफ्नै कमाईले प्रेमिकासँग डेटिङ्ग जाने उनी बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयमा स्नानतकोत्तर अध्ययनरत हरि लम्सालको विचारमा भ्यालेन्टाइन डे ले नेपाली संस्कृतिमाथि अतिक्रमण गरेको आरोप छ । उनका अनुसार यस दिनको प्रभावले वसन्त पञ्चमीको आकर्षालाई कम र ओझेल गरेको छ । सञ्चार माध्यमले वसन्त पञ्चमीको दिनलाई प्रेम दिवसको रूपमा प्रचार गरे यसको महìव बढ्ने उनको धारणा छ । पाल्पाको रानीमहल, काठमाडौंको रानीपोखरी पनि प्रेमको प्रतिकका रूपमा लिइन्छ । फागुपूर्णिमालाई प्रेम, सद्भाव बाँड्ने पर्वको रूपमा लिइन्छ । तर यी सबैलाई ओझेल पारिएको उनको आरोप छ ।
त्यस्तै धारणा अधिवक्ता सुमन ताम्राकारको छ । उनको विचारमा भ्यालेन्टाइन डे वकबास र पश्चिमी संस्कृतिको नक्कल बाहेक केही होइन । अहिलेका युवा युवतीमा हाम्रो चाड पर्वको चर्चा छैन, तर भ्यालेन्टाइन डे का बारेमा विज्ञ छन्, हामी आफ्नो थुप्रै मौलिक संस्कृतिलाई जोगाउनु पर्छ यसको जिम्मा आजका युवापीँढीले लिनु पर्छ ।

तर, अर्की महिला शिक्षिका सुश्री निलम प्रधान भने भ्यालेन्टाइन डे लाई सकरात्मक रूपमा लिन्छिन्- "हाम्रो पालामा पनि भ्यालेन्टाइन डे भइदिएको भए कस्तो राम्रो हुन्थ्यो । हाम्रो पालामा चिठ्ठी लेखेर, आँखा आँखा जुधेर प्रेम हुन्थ्यो । अहिले सोझै फूल दिएर प्रेमको निवेदन गरिन्छ । यसलाई सकरात्मक रूपमा लिनुपर्छ ।"
भ्यालेन्टाइन डे मनाउनुमा अप्ठेरो छैन, तर हाम्रो संस्कृतिको संरक्षणमा समेत ख्याल राख्नुपर्ने सबैको धारण रहिआएको छ । भ्यालेन्टाइन डे मा प्रेम-प्रेमिकाबीच सबैभन्दा धेरै रातो रङ्गको गुलाफको फूल आदान-प्रदान हुन्छ । यो दिन विश्वभरी करोडौं डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ ।
नेपालमा पनि यसदिन हजारौं गुलाफको फूल विक्री हुने गर्दछ । पुतलीसडकको एक गिफ्ट पसलका सुमन मानन्धर भ्यालेन्टाइन डे का अवसरमा आफ्नो निकै गिफ्ट आइटमहरू जाने बताउँछन् । भ्यालेन्टाइन डे सुरु हुनु पर्ूवका ३-४ दिन अघिदेखिनै पसलमा निकै घुइँचो हुने र सो दिनमात्र करिब ५०० वटा गुलाफको फूल बिक्री हुने गर्दछ । उता त्रिपुरेश्वरको फूल व्यापारी मुन्ना शाहका अनुसार आफ्नो फूल दोकानबाट मात्र यस भ्यालेन्टाइनका दिन १ हजारभन्दा बढी गुलाफको फूल विक्री हुने बताउँछन् ।

कुन रंगको गुलाफको फूलको प्रतिक के हो यसबारेमा केही जानकारी लिने हैन -
रातो गुलाफः शान्ति, प्रेम र क्षमताको प्रतिक
रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान-प्रदान हुन्छ । यसलाई प्रेम-प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतिक हो ।
गुलाफी गुलाफः मित्रता र मुटुको धड्कनको प्रतिक
यो रङ्गको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङ्गको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।
पहेँलो गुलाफः मित्रताको प्रतिक
पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । फ्रेण्डशीप डे’ अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ । तर, पनि हिजोआज मित्रताको प्रतिकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।
सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक
सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ ।
कालो गुलाफः बिदाईको प्रतिक
कालो गुलाफ बिदाईको प्रतिक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पुरा हुन्छ ।
प्रेम व्यक्त गर्न फूलहरू मात्र नभएर अन्य प्रतिकहरू पनि प्रचलित छन् । यस्ता प्रतिकहरूमध्ये एउटा वाणले हृदय चिरेर गएको प्रतिक सबैभन्दा प्रचलित छ । प्रेमी-प्रेमिकाहरूका लागि हृदयभन्दा राम्रो प्रतिक अरू हुन सक्दैन । कसैलाई यो उपहार दिनुको अर्थ तपाईंले उसलाई र्सवस्व सुम्पन चाहनुहुन्छ भन्ने हो । यो संकेतले तपाईंको हृदय उसको प्रेमको वाणले घाइते भएको छ भन्ने देखाउँछ । प्रेम पंक्षी (लर्डवर्ड) पनि प्रेमको प्रतिक हो । प्रेम-प्रेमिकाको साथ (जोडी) विना यो बस्न सक्दैन भन्ने धारणा छ ।
ख्रिष्टियन धर्मका अनुसार प्रेम पंक्षी (लर्डवर्ड) निर्मलता र प्रेमको प्रतिक हो । त्यसैले भ्यालेन्टाइन डे को दिन यसको प्रशस्त प्रयोग गरिन्छ ।

२०६८ माघ २८ गते गोरखापत्रमा प्रकाशित

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 305
  • 5121 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • शब्द र भाव राम्ररी मिलाउनु
    54 min 58 sec ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    18 hours 21 min ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    20 hours 50 min ago
  • किताब राम्रो रहेछ । बधाई छ
    20 hours 51 min ago
  • एकदम सान्दर्भिक
    1 day 1 hour ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 day 4 hours ago
  • भुगोल ले नछेकेको माया
    6 days 35 min ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    6 days 2 hours ago
  • सधा झै उत्कृष्ट रचना
    6 days 19 hours ago
  • Correction
    1 week 6 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • सँजाय
  • पर्दा खोली झ्यालबाट, चिहाउँदैछिन उनी
  • आजको पुस्ता
  • सिंहवाहिनी -२०- बीसौं अध्याय (रक्तबीजसँग युद्ध)
  • फैलियो माया दुबो सरी
  • जेठ चौधमै संबिधान बनाऊँन सबै मिली,
  • आँसु
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • प्रेमको तमसुक लेख्न पाए हुन्थ्यो
  • ताङ्कामा कोभिड
  • सुन्तलेको उकालो र दिङ्गलाको ओरालो
  • तिहारमा आउँला दिदी
  • रातो रानी फुले झैं साँझमा
  • नीतिका कुरा
  • खेलौना झैँ गरि खेल्छन
  • मेरो कथा
  • तिज
  • न्युयोर्कमा रंगकर्मी हरि ब थापाद्वारा अभिनित नाटक प्रदर्शन तथा लोकार्पण
  • कालो बिरालो (लघुकथा)
  • कुकुर
  • बेहाल छ
  • शेक्सपियर, हामी र मर्ने सालिकहरू
  • तिहार
  • नेपालको राष्ट्रिय गान
  • सम्पन्न देशको कामना
  • आज भन्दै भोलि भन्दै बैंश ढल्कि जान्छ
  • मेरो प्रेम कहानी
  • घर बनाउने साइत
  • पुष्प अधिकारी अञ्जलिको ‘म कवितामा देश खोजी रहेको छु’ संक्षिप्त विवेचना
  • कंग अजिमा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित