Skip to content


नेताहरूको केही काम देखिएन
देशमा न्यानो घाम देखिएन

खुन, पसिना बगायो बगायो
तर परिश्रमको दाम देखिएन

मन्दिर खण्डहरमा बदलिएपछि
भक्तजनको लाम देखिएन

जता गयो त्यता भ्रान्ति मात्र
शान्ति पूर्ण ठाम देखिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *