Skip to content

मिठो सपना मनमा दिलाउँछ

  • by


मिठो सपना मनमा दिलाउँछ मायाँले
कैले हाँसो कैले आँशु पिलाउँछ मायाले

सधैँ साथ भईरहुँ हुँदो रहेछ मन
एकै छिन साथ छुट्दा रुँदो रहेछ मन
फाटे पनि मन आफै सिलाउँछ मायाले
कैले हाँसो कैले आँशु पिलाउँछ मायाले

मिलाउने गोरेटो यो छुटाउने दोबाटो
माटो भर ढुंगा नै हो ढुंगाको भर माटो
बेग्ला बेग्लै दुई मुटु मिलाउँछ मायाँले
कैले हाँसो कैले आँशु पिलाउँछ मायाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *