Skip to content


एकान्त यो रातमा कोही छैन साथमा
तड्पी रहेछु प्रियसीको यादमा

झझल्को र सम्झनाले आत्मा जलिरहेछ
कहाँ देखौं काहाँ भेटौ मनले भनिरहेछ
चिसो यो रातमा पनि मुटु जलिरहेछ
उनको याद र कल्पनामा रात ढलिरहेछ

समयको खेल यस्तै टाढा हुनु पर्यो
मनका सारा ईच्छाहरू फूल्न नपाई झर्यो
आज त्यसै मन रुन्छ मिलनको यादमा
जीवन त्यसै बित्ने भयो प्रियसीको यादमा

उनको न्यानो साथ पाउने यो मनको रहर
आज त्यसै बिरानो भो आफ्नो गाँउ शहर
मनभित्र आँधी चल्यो एकान्त यो रातमा
खुशी सबै बिताउदैछु प्रियसीको यादमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *