भाषाभित्र आत्मियता घुल्छन् आफ्नै गाउँघरमा
चोखो माया प्रीति पनि मिल्छन् आफ्नै गाउँघरमा ।
जहाँ गए नि आखिरमा खानुपर्ने अन्न नै हो
लहलह धानका बाला झुल्छन् आफ्नै गाउँघरमा ।
पप-र्यापहरू सबै अरूका नै नक्कल हुन
वास्तविक लोकभाका बोल्छन् आफ्नै गाउँघरमा ।
अलकापुरी जस्तो हो रे प्रकृतिको काख भन्छन्
ढकमक्क फूलहरू फुल्छन आफ्नै गाउँघरमा ।
ढिडो-रोटी रुखोसुखो जस्तोसुकै खाए पनि
नेपालीको पहिचान खुल्छन् आफ्नै गाउँघरमा ।
-कपन-१, फैका
