Skip to content

भाषाभित्र आत्मियता घुल्छन् आफ्नै गाउँघरमा

  • by


भाषाभित्र आत्मियता घुल्छन् आफ्नै गाउँघरमा
चोखो माया प्रीति पनि मिल्छन् आफ्नै गाउँघरमा ।

जहाँ गए नि आखिरमा खानुपर्ने अन्न नै हो
लहलह धानका बाला झुल्छन् आफ्नै गाउँघरमा ।

पप-र्‍यापहरू सबै अरूका नै नक्कल हुन
वास्तविक लोकभाका बोल्छन् आफ्नै गाउँघरमा ।

अलकापुरी जस्तो हो रे प्रकृतिको काख भन्छन्
ढकमक्क फूलहरू फुल्छन आफ्नै गाउँघरमा ।

ढिडो-रोटी रुखोसुखो जस्तोसुकै खाए पनि
नेपालीको पहिचान खुल्छन् आफ्नै गाउँघरमा ।

-कपन-१, फैका

Leave a Reply

Your email address will not be published. Required fields are marked *