छल्किरहेछ जूनको प्रीत गुराँसको आँखा-आँखामा
गुन्जिरहेछ फूलको गीत बतासको भाका-भाकामा
मनमा नाना तरंग लिएर सुस्केरा त्यो सासमा
आँसुका दाना चुपचाप पिएर बसन्त यो आशमा
खोजिरहेछ मनको मित निर्जन यी पाखा-पाखाम
बोला’को हो कि मुटुमा मेरो हलचल जगाई रातमा
लोला’को हो कि मायामा मेरो यो पल अडाई साथमा
अल्झिरहेछ त्यो अतित आज छायाँ दोछायाँमा
छल्किरहेछ जूनको प्रीत गुराँसको आँखा-आँखामा
शब्द – रत्न समशेर थापा
स्वर – भक्तराज आचार्य
संगीत – शिवशंकर
एल्बम – मधुमासमा