Skip to content

नेपाली चेली राख्यौ है

  • by
20121218_AcharyaPrabha_Gazhal


नेपाली चेली राख्यौ है तिम्ले नेपालको ठुलो शान
देखाइदियौ सारालाई आज गरेर उच्च काम ।
 
विश्वमा तिमी चम्कियौ आज पूर्णेको जून बनी
गरे है सबले संसारभरि तिमीलाई ईज्जत मान ।

जिन्दगी सारा अर्पेर तिम्ले बालबच्चा स्याहार्‍यौ
पुर्‍यायौ तिम्ले ती बालकलाई संसारको चारै धाम ।

यौवन तिम्रो पत्झड बन्यो तापनि खुशी थ्यौ
मनमा कैल्यै राखेनौ केही स्वार्थ र छलछाम ।

परिश्रम गरी नेपाललाई संसारमा चिनाइन्
धन्य छौ “पुष्पा” सबैबिच तिम्ले राख्यौ है ठुलो नाम ।

रचना – नोभेम्बर/ २/ १२
आचार्य प्रभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *