Skip to content

के नेपाल सानो छ ? (रिमिक्स)

उर्वसीको चित्कार, देवदुन्दुभीको घोष, एक लहर नभमा गोता खाईरहेछ, चित्त सानो हुनेले, भन्छन -नेपाल सानो! यो कस्तो सम्योग ? धर्तीको छातीऊपर नाचिरहेछ- मयुर । दिवा स्वप्नझैं लाग्ने ती मनका रहरहरु- यो मुलुक बोल्दछ, सुनाउँछ यसले ईतिहास, देखाउँछ कोर्राका डाम,प्रस्फुटन भईरहेछन- शब्द अनाम । बाचेको छ, बाचिरहनेछ सदियौं; पिडा भले हजार भऊन, गङाको-तीर तिरै गाईरहनेछन गाइनेहरु – ‘वीरताको चीनो, सहिदको रगत…’। भुलिरहेछ मानिस आफ्नो ईतिहास तर एक वेग पवनको- मीठो उपहार जीवनको- सँगालेर, उच्छवास जीवनको खोज्दै, हाम्फाल्दै छन-पिढीहरु । मानिस उही, जुनी उही तर फरक छ आत्मियताको उपहार! उही मुस्कान, उही तारुण्य, उही प्रबल जिजिविषा, ध्योत्तक- प्रेमका भमराहरु फैलाईरहेछन माया, अकाट्य र अमर त्यो माया, तरपनि अधुरो- अपुरो छ, जीवन यहाँ। मत्स्य जल बिना छट्पटाईरहेको दृश्य, विग्न प्रचण्ड क्षुधा काकाकुलको देखिन्छ र सुनिन्छ त्रासको भाषा- बुद्ध जन्मेको शान्तिको मुलुकको यो कस्तो व्यथा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *