Skip to content

एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ

  • by


जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
श्री दुर्गासप्तशती ।

अर्थात् जयन्ती, मंगला, काली, भद्रकाली, भद्रकाली, कपालिनी, दुर्गाक्षमा, शिवा धात्री, स्वहा, स्वधा नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ । उपरोक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ । साथै विजयादशमीका दिन टीका लगाई आशीर्वाद दिँदा पनि उक्त श्लोकको उच्चारण गर्दै शक्ति स्वरुपिणी भगवती दुर्गाको स्मरण गर्ने परम्परा छ । श्लोकमा उल्लेखित देवीका ११ नामको अर्थ पनि बेग्लाबेग्लै छन् । यी नामहरूका सन्दर्भमा धार्मिक विश्वास र आस्थाअनुरूपको किंवदन्तीहरू प्रचलित छन् ।

जयन्ती- सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी ।

मंगला- जो आˆनो भक्तलाई जन्ममरण आदि संसार बन्धन दुर गर्छिन् उनै मोक्षदायिनी मंगलमयी देवीको नाम ‘मंगला’ हो ।

काली- जो प्रलयकालमा सम्पूर्ण सृष्टिलाई ग्रास गर्दछिन् उनै ‘काली’ हुन् ।

भद्रकाली- जो आˆनो भक्तलाई दिनका लागि भद्र, सुख वा मंगल स्वीकार गर्दछिन्, उनै ‘भद्रकाली’ हुन् ।

कपालिनी- हातमा कपाल तथा गलामा मुण्डमाला धारण गर्ने ।

दुर्गा – जो अष्टाङ्ग योग, कर्म एवं उपासना रूप दुःसाध्य साधनद्वारा प्राप्त हुन्छिन्, उनै जगदम्बिका ‘दुर्गा’ कहलाउँछिन् ।

क्षमा- सम्पूर्ण जगत्की जननी भएर अत्यन्त करुणामय स्वभाव हुनका कारण जो भक्तको सारा अपराध क्षमा गर्दछिन्, उनको नाम ‘क्षमा’ हो ।

शिवा- सबका शिव अर्थात् कल्याण गर्ने जगदम्बालाई ‘शिवा’ भनिन्छ ।

धात्री- सम्पूर्ण प्रपञ्चको धारणा गर्ने भएका कारण भगवतीको नाम ‘धात्री’ हो ।

स्वहा- स्वहारूपले यज्ञभाग ग्रहण गरेर देवतालाई पोषण गराउने वाली ।

स्वधा- स्वधारूपले श्राद्ध र तर्पण स्वीकार गरेर पितृलाई पोषण -पुष्टि) प्रदान गराउने वाली ।

नव दुर्गाका अर्थ

शैलपुत्री- गिरिराज हिमालयकी पुत्री पार्वती देवी । जो हिमालयको तपस्या तथा प्रार्थनाद्वारा प्रशन्न भएर कृपापूर्वक उनको पुत्रीको रूपमा प्रकट भइन् ।

ब्रहृमचारिणी- सच्चिदानन्दमय ब्रहृमस्वरूपको प्राप्ति गर्नु जसको स्वभाव छ उनै ब्रहृमचारिणी

हुन् ।

चन्द्रघण्टा- अल्हादकारी चन्द्रमा जसको घण्टामा स्थित छ, उनै देवीको नाम ‘चन्द्रघण्टा’ हो ।

कूष्माण्डा- त्रिविध तापयुक्त संसार जसको उदरमा स्थित छ, उनै भगवती ‘कूष्माण्डा’ कहलाउनुहुन्छ ।

स्कन्दमाता- छान्दोग्य श्रुतिअनुसार भगवतीको शक्तिद्वारा उत्पन्न सनत्कुमारको स्कन्द हो । उनको माता भएकीले वहाँ ‘स्कन्दमाता’ कहलाउनुहुन्छ ।

कात्यायनी- देवताको कार्यसिद्धि गर्नका लागि देवी महषिर् कात्यायन आश्रममा प्रकट भएकी र महषिर्ले उनलाई आˆना कन्या बनाएका कारण कात्यायनी नामद्वारा वहाँ प्रशिद्ध हुनुभयो ।

कालरात्री- सबलाई मार्ने कालको रात्री -विनासिका) भएकीले उनको नाम ‘कालरात्री’ हो ।

महागौरी- आˆनो तपस्याद्वारा महान् गौरवर्ण प्राप्त गरेकी देवी ।

सिद्धिदात्री- सिद्धि अर्थात् मोक्ष दिने वाली भएकीले उनको नाम ‘सिद्दिदात्री’ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *