Skip to content

कस्तुरी ए ! बास आउँछ भन्छन्

  • by


कस्तुरी ए ! बास आउँछ भन्छन्
सुनमाया आउँदैन त्यो किन ? हो यो दिनैमा

हो ……………………

पहिले माया हाँसेर लायौ
सुनमाया अहिले पो चाल पायौ हो यो दिनैमा

तिम्रो माया छ एकातिर
सुनमाया नहेर मतिर हो यो दिनैमा

हो ………………..

आकाशैका नौलाखे तारा
सुनमाया आँसुका नौधारा हो यो दिनैमा

शब्द : चेतन कार्की
स्वर : नारायण गोपाल
संगीत : नातिकाजी/शिबशंकर
चलचित्र : मनको बाँध

Leave a Reply

Your email address will not be published. Required fields are marked *