Skip to content

बिर्सेर जाऊँ कसरी आज

  • by


बिर्सेर जाऊँ कसरी आज माटो यो
भिजिसकेको छ मेरो आँशु यही नै माटोमा

माया कलिलो तिम्रो मेरो हुर्की फुल्यो यो बतासमा
माया बोकेर छाई दियो, यही रंगिन बहारमा
हाँसौंला भनेर

खोला किनारी चिसो अधर हात समाई कुदेका थियौं
भत्केको छैन बनाको घर सयौं सपना साँचेका छौँ
बसौंला भनेर

शब्द : नगेन्द्र थापा
स्वर/संगीत : नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *