Skip to content

मेरो गीत मेरै प्रतिविम्व होइन

  • by


मेरो गीत मेरै प्रतिविम्ब हैन
यो टुटी जाने हैन, जो फुटी जाने हैन
आकाश जस्तै अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन

केही गुनगुनाउँछु धेरै शान्ति पाउँछु
त्यही शान्ति बाँटन नै यहाँ गीत सुनाउँछु
म ल्याउँछु सागरबाट अन्जुलीमा पानी
एक एक बुँदले सबको प्यास मेट्न खोज्छु
सबैलाई रिझाउने मेरो गीत हैन
तिमीले नसुन्दैमा गीत मर्ने हैन

गीत चोरी ल्याएँ सागरबाट
आकाशको निलो गहिराइबाट
सुनी हेर सबमा गीतको मुहान छ
यहाँ जिउँदोलाई श्वास फेर्ने जहीं-तहीं हावा छ
मेरो गीत भन्ने अधिकार छैन
गीतको पो म हुँ मेरो गीत हैन

शब्द/संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *