(१)
मागे मुटु दिन्छु भन्ने बाहानामा आयौं ।
मनको प्यास मेटाउने चाहानामा आयौं ।
एक्लो बनाई छाडी जानु थ्यो त मलाई
रुदै किन फेरी कागजका पानामा आयौं ।
(२)
तिम्रो मुहार हेरी सधैँ बाँच्न पाए हुन्थ्यो ।
मनैभित्र पसी मन जाँच्न पाए हुन्थ्यो ।
आगनीमा बझ्दा तिम्रो छमछम पाउजु,
तिमी संगै तिमी म नि नाँच्न पाए हुन्थ्यो ।
(३)
मायाको हुन्न कुनै मोल मोलाई ।
एकोहेरो हेरी उसले नै टोलाई ।
काजलु आँखा झिम्काई उसले,
अलि पर गई इशाराले बोलाई ।…..दर्पण