Skip to content

मायाँ तिम्रो प्रेम पत्र

  • by


यादहरूमा रमाउँने यो मनको रीत बनेको छ
मायाँ तिम्रो प्रेम पत्र आज मेरो मित बनेको छ

तिमीसँग कुरा गर्दा वेखबर साँझ परिदिन्छ
तिम्रो खास शब्दहरूले हृदयको पिडा हरिदिन्छ
त्यो दिलको मिठो भावना पिरतीको गीत बनेको छ
मायाँ तिम्रो प्रेम पत्र आज मेरो मित बनेको छ

आँशुमा डुबेकी थिएँ हाँस्नलाई सिकायौ तिमीले
जिउँदो लास सरी थिएँ बाँच्ने आशा जगायौ तिमीले
जीवनदेखि हारे पनि तिम्रो साथ जीत बनेको छ
मायाँ तिम्रो प्रेम पत्र आज मेरो मित बनेको छ

लक्ष्मी अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *