Skip to content

कि त तिम्ले प्रतिभा नै लुटेको


कि त तिम्ले प्रतिभा नै लुटेको भे हुन्थ्यो
नत्र तिम्रो खराब आदत छुटेको भे हुन्थ्यो

निन्दनीय कार्य गर्छौ लुकी छिपी सधैं
समीपमै आई बरु कुटेको भे हुन्थ्यो

सत्यताको आँखाभरि छारो हाल्नलाई
कठालोमा समाएर चुटेको भे हुन्थ्यो

देख्दा राम्रो अनुहार कपट भित्री मनमा
जालीसङ्ग सबको नाता टुटेको भे हुन्थ्यो

भित्तो भित्तो चाहारेर चोट दिनु भन्दा
घरमै बसी थाङ्ना भोटा खुटेको भे हुन्थ्यो

तिरस्कृत हुने कर्म आजैदेखि त्याग्दै
आफैँ कोशिश गर्छु भन्दै जुटेको भे हुन्थ्यो

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

1 thought on “कि त तिम्ले प्रतिभा नै लुटेको”

  1. प्रिय मझेरी डट कम,
    यो

    प्रिय मझेरी डट कम,
    यो निरन्तरको स्नेह,सद्भाव र मायाकोलागि हार्दिक आभार तथा धन्यबाद सहित
    उत्तरोत्तर प्रगतिको कामना गर्दै नया वर्ष ई.सं.2013 को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l
    कोमल भट्ट
    पुरानो नैकाप,काठमाडौँ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *