Skip to content

ढुङ्गा पूजेर मेरो पूजा नगर

  • by


ढुङ्गा पूजेर मेरो पूजा नगर मान्छे
आत्मा रुवाई हिड्दै पाप नभर मान्छे

हावा नदेख्ने आँखा, देव कसरी देख्छ
निर्जीव वस्तुसँग भर नपर मान्छे

तिमीसँगै रहन्छ, प्रकृति सृष्टि हेर
कहानी सुनाएर झुटो नछर मान्छे

गीता छोएर भन, अब्यय भन्नु के हो ?
पण्डित भई झुटो छरी नमर मान्छे

तिमी हो एक सत्य, असत्य तिम्रो देह
आत्म छोडेर ढुङ्गा पूज्न नचर मान्छे

बसन्तमोहन अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *