Skip to content

नीतिका कुरा


लोभी धेरभयो सधैँ यदि भने, दोषी ऊ आफैँ भयो
चुक्ली गर्दछ जो कुनै नर भने पापी स्वयम् भैगयो
बस्ने हो सब सत्यमा यदिभने ब्यर्थै तपस्या किन ?
चोखो चित्त भए यसै भुवनमा तिर्थै सरी छन् जन

आफैँ छन् यदि सज्जनै पनि भने, के काम त्यो ज्ञानको ?
त्यस्तै मृत्यु समान हुन्छ जन छन् दुर्गुणले ब्यप्त जो
धेरै छन् नरका प्रसंसक भने के काम् अलङ्कारको ?
यस्तैहो मनमा लिएर गरनु पालन् सधैँ धर्मको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *