Skip to content

ईश्वर झै मान्दै हुनुहुन्थ्यो

  • by


हिजोसम्म जेनतेन प्राण धान्दै हुनुहुन्थ्यो
उधारोमा लोकल ठर्रा तान्दै हुनुहुन्थ्यो ।

योग्यता, इमान्दारी जागर केही थिएन
एकाबिहान देश बनाउने गफ हान्दै हुनुहुन्थ्यो ।

छानिएर, चुनिएपछि नौटङ्कीको शपथ खादै
समयलाई चिन भन्दै समाज जित्न जान्दै हुनुहुन्थ्यो ।

निमुखालाई लुटिलुटी कालो धन जोड्नुभयो
आज आफूलाई नैतिकवान ठान्दै हुनुहुन्थ्यो

अचेल त असफललाई चिन्न इन्कार गर्नुहुन्छ
थाहा छ ? पहिला त ईश्वर झै मान्दै हुनुहुन्थ्यो ।

स्याङ्जा

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *