Skip to content


यसरी तिम्रो याद
नआएनि हुन्थ्यो
निको भाको घाउ फेरि
नदुःखेनि हुन्थ्यो

धेरैचोटि एकान्तमा
फूलसँग दाँजेकोथेँ
बादलभित्र जून लुक्दा
तिम्रो केश पन्छाकोथेँ

कोठामा जूनले अब
नटेकेनि हुन्थ्यो
निको भाको घाउ फेरि
नदुःखे नि हुन्थ्यो

उकालीमा अँगालेर
सँगसँगै हिँडेकाथ्यौँ
चौतारीमा कोइलीको
कुहुकुहु सुनेकाथ्यौँ

काफल चरी वनभित्र
नबोलेनि हुन्थ्यो
निको भाको घाउ फेरि
नदुःखे नि हुन्थ्यो ।

श्रीपुरुष ढकाल
मधुपर्क २०६९ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *