Skip to content


काँडामाथि टेक्नेहरू, आगोमाझ खेल्नेहरू
एकताको उद्घोष गरौँ, इतिहास रच्नेहरू
मेची–काली जोगाउन, बैरी–ढोका भत्काउन
च्यातिएका छैनन् अझै शान्तिका ती ध्वजाहरू

एकजुट भई सबै फैलाऊँ न अझ अरू
शत्रुसामु झुक्ने हैन, तयार हौँ लड्न बरु
आँधीसँग लड्नेहरू, पसिनामा पढ्नेहरू
एकताको उद्घोष गरौँ, इतिहास रच्नेहरू

मेची–काली जोगाउन, बैरी–ढोका भत्काउन
हेपिएर बस्नु कति, चेपिएर बस्नु कति
अरूकै त्यो खटनमा आफ्नो मानो भर्नु कति
मिचाइको अचानोमा अझै पनि पर्नु कति

नेपाली हुँ भन्नेहरू, देशभक्त ठान्नेहरू
एकताको उद्घोष गरौँ, इतिहास रच्नेहरू
मेची–काली जोगाउन, बैरी–ढोका भत्काउन ।
च्यातिएका छैनन् अझै शान्तिका ती ध्वजाहरू

वसन्तराज अज्ञात
– दोबेला, खोटाङ

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *