Skip to content


ढाका टोपी फरिया र चोली छैन आजभोलि ।
सभ्यता र संस्कृतिको बोली छैन आजभोलि ।

शिखरमा बादलुले ढकमक ढाक्दाखेरि,
सिरेटोमा सुसाउने खोली छैन आजभोलि ।

ठूलावडा नवयुगको भाषण छाट्दै गर्दा,
जनतासामु खुट्टीको होली छैन आजभोलि ।

जीवनमा सोचहरू यत्रतत्र लतारिँदा,
यात्राहरू हाँकिदिने डोली छैन आजभोलि ।

सङ्घर्षको माहोलमा सधैँ यात्री बन्दाखेरि
प्रेरणाको आशा दिने टोली छैन आजभोलि ।

उदय अपेक्षा
ओयाम– ०८, पाँचथर

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *