Skip to content


कहिलेकाहीँ भेट हुँदा नचिनेझैँ गछ्र्यौँ किन
जति आउँछु वरवर परपर सछ्र्यौ किन ?

भन्ने गथ्र्यौ हजुरलाई मुटुभित्र सजाउँछु
साथ पाए हजुरको जिन्दगीभर रमाउँछु
के भो आज तिमीलाई आँखामात्रै तछ्र्यौ किन
जति आउँछु वरवर परपर सछ्र्यौ किन ?

बुझेको छु मैले तिम्रो चित्त साह्रै दुखेको छ
कोमल तिम्रो मुटुभित्र पीडा थुप्रै लुकेको छ
हाँस्ने खेल्ने जिन्दगीमा पीरैपीरले मछ्र्यौ किन
जति आउँछु वरवर परपर सछ्र्यौ किन ?

शम्मुकुमार मिलन
मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *