Skip to content


मध्यरातमा झुल्किएर मनको सङ्घार फोर्यौ
पहिलो भेटमै ए परदेशी ! मन मुटु चोर्यौ

देउरालीमा पाती चढाई तिमी टाढा भयौ
झल्को यहीँ, याद यहीँ आफू कहाँ गयौ ?
कि त मुटु फर्काइदेऊ, तिमीसँगै गा’ छ
कि त आगो निभाइदेऊ मन जलिरा’छ

कहाँबाट बिझ्न पुग्यो हृदयमा काँडा
नचिनेको एउटा मान्छे हुँदा पनि टाढा
गहिरो चोट लाग्यो कसो गरी पुरूँ
मुग्लानैमा भेट्न आँउ कि दोबाटोमा कुरूँ ?

जीत अधिकारी
– धादिङ

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *