Skip to content


मान्छे बन्नुको अर्थ
पीडा भोग्नु पर्छ ।
यहाँ अत्याचार बाँच्ने गर्छ
न्याय मर्नु पर्छ ।
उज्यालो खोज्नुको अर्थ
अध्यारो भोग्नु पर्छ ।
यहाँ दासत्व बाँच्ने गर्छ
स्वाभिमान मर्नु पर्छ ।
इमान्दार बन्नुको अर्थ
दुःख भोग्नु पर्छ ।
यहाँ झूट बाँच्ने गर्छ
सत्य मर्नु पर्छ ।
बुद्ध बन्नुको अर्थ
हिंसा भोग्नु पर्छ ।
यहाँ आतङ्क बाँच्ने गर्छ
शान्ति मर्नु पर्छ ।

युवामञ्च २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *