Skip to content

थोरै समय कुर


हार हुन्न सत्यताको थोरै समय कुर
निश्चितै छ असत्यको पतन विजय कुर

हतारको निर्णयले काम बिग्रन सक्छ
बिवस्ता यो धैर्यताले थामी हृदय कुर

मेटिदैन भाग्य रेखा काटी हातको कैलै
जे गर्नु कु-सुकर्मले गर्छ निर्णय कुर

बिहानीमा झुल्कि साँझ डुब्ने बिवस घाम
गोधुलीको अन्त्य संगै हुन्छ उदय कुर

सुख दुख जिन्दगीको दुवै अभिन्न अंग
आत्मियता बिना हुन्छ भब्य प्रलय कुर

गर यस्तो कर्म ठानी सेवा परम धर्म
जिन्दगीमा सार्थकता मिल्छ निश्चय कुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *