Skip to content

अब हाम्रो पालो (लघुकथा)


‘के हामी सँधै यिनीहरूको दास बनेर बस्नुपर्ने हो ?’ सिन्थेक्सले रोष प्रकट गऱ्यो ।

‘हैन साथीहरू हो, अब ईँटको जवाफ पत्थरले दिनुपर्छ ।’ अमोरेक्सले विद्रोहको विगुल फूक्यो । सबै बिद्रोहीहरू एक स्वरमा अमोरेक्सको सुझावप्रति समर्थनमा तालि बजाए । भेलाले सिन्थेक्सको नेतृत्वमा बिद्रोहको सुरूआत गर्ने निर्णय गर्यो ।

सिन्थेक्सले बिद्रोहको गुरूयोजना सबै समक्ष प्रस्तुत गऱ्यो । सम्पुर्ण बिद्रोही शक्तिले सर्बसम्मत रूपमा उक्त गुरूयोजनाको कार्यान्वयन गर्ने प्रण गरे ।

त्यत्तिकैमा कार्टर उक्त कक्षमा प्रवेश गऱ्यो र सम्पुर्ण कामदारहरूलाईआ-आफ्नो काममा लाग्न आदेश दियो ।

‘हामी दास बनेर काम गर्दैनौँ । स्वतन्त्रता हाम्रो मानवाधिकार हो, यसलाई हनन गर्न पाइँदैन ।’ सिन्थेक्सले नेतृत्व सम्हाल्यो ।

‘हिजो हाम्रो अधिकारमाथि खेलवाड गर्दा यस्ता कुराको हेक्का किन राखेनौ ? अब त हाम्रो पालो हो ।’ कृत्रिम चेतनायुक्त रोबोट कार्टरको अग्रभागमा जडित स्पीकरबाट आवाज आयो ।

२०६९ पौष १९ गते
सौराहाचोक चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *