मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

अनेक आयाम छन् किराँत चाडका

kbs — Fri, 12/12/2008 - 21:40

  • सांस्कृतिक समीक्षा
  • अमर तुम्याहाङ
  • गोरखापत्र

अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न जातजातिले आफ्नो राज्यसँगै आˆनो भूमि, शासन व्यवस्था, सभ्यता र संस्कृति पनि चढाए । तत्कालीन नेपाल अर्थात् काठमाडौँ उपत्यका पूर्वका वल्लो किरात, माझ किरात र पल्लो किरातमा स्वराज्य सञ्चालन गरिरहेका किरात जातिले पनि क्रमशः वि.सं. १८३१ सम्ममा आफूलाई नेपाल राज्यमा समाहित गरे । पल्लो किरात लिम्बुवान नेपाल राज्यमा समाहित हुँदा पृथ्वीनारायण शाहले "... आपैँ आँप आपुङ्गी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहुन्जेल ... भोग गर्नु..." भनी सम्झौता गरे । तर त्यसपछि एकपछि अर्को गर्दै सबै अधिकार क्रमशः खोसिँदै गए । यही चक्रब्यूहमा पर्‍यो किरात जातिको चाड पनि । अहिले आएर किरात जातिले मनाउने चाडको मौलिक नाम चोसोवा, शाँदार, चासोक तङ्नाम र सेमुना साक्केन्वा बदलिएर 'किरात चाड' नामले नयाँ पहिचानका साथ चिनिन थालेको छ । अढाइसय वर्षसम्मको एकात्मक शासनको थिचाइ र मिचाइमा परेर यो चाडको घिडघिडो मात्र बाँकी रहेको अवस्थामा पुनस्र्थापित भएको छ, किरात चाड ।

आदिबासी जनजातिको स्वपहिचान गर्ने आत्मनिर्णयको आधारमा याक्खा, सुनुवार, लिम्बू र राई जातिले आफूहरू किरात वंशको भएकाले आफूहरूले मान्ने चाड किरात चाडको हो भनी मान्ने गरेका छन् । प्रकृति पूजक किरात जातिको यो चाड मुन्धुममा आधारित छ ।

मुन्धुममा किरात चाड

किरात वंशभित्रका याक्खा, सुनुवार -कोइँच), लिम्बू -याक्थुङ) र राई जातिको बसोबासको पृथक् भूगोल, फरकफरक भाषा आदिको कारणले किरात चाडको नाम, मुन्धुमी प्रसङ्गहरू, पूजा गर्ने देवीदेवता, पूजा विधि, पूजारीका नाम आदि पनि फरकफरक रहेको पाइन्छ । हुन पनि मुन्धुममा 'किरात चाड' शब्द कतै भेटिँदैन । यसर्थ 'किरात' र 'चाड' शब्द यी समुदायमा अन्य समुदायबाट सापटी लिइएका शब्द हुन् भन्ने प्रष्ट हुन्छ ।

याक्खा जातिले मान्ने चाड 'चोसोवा', सुनुवार जातिले मान्ने चाड 'शाँदार', लिम्बू जातिले मान्ने चाड 'चासोक तङ्नाम' र राई जातिले मान्ने चाड 'साकेन्वा या साकेला' भन्ने शब्द भने अद्यावधिक लोकप्रचलित छन् ।

याक्खा र सुनुवार जातिले पाकेको नयाँ अन्न पितृलाई चढाउने गर्दछन् । लिम्बू जातिको विश्वासअनुसार सर्वशक्तिमान माङ तागेरा निङ्वाभुलाई अन्नका बीउहरू दिएर ती बीउहरू याम मिलाएर रोप्न, गोडमेल गर्न, फलाउन र आगोमा पकाइतुल्याई खान सिकाउने कार्य सावा येहाङ चेली सिबेरा एक्थुम्मा सिरेरा येभुङ्गेम्माले सिकाइन् । त्यसैले लिम्बू जातिले यिनै पात्रहरूलाई मूल रूपमा पूजा गर्ने वा नयाँ अन्न चढाउने गर्दछ । यीबाहेक पनि लिम्बूहरूले युमा, थेबा, काप्पोबा, थुङ्धाङ्बा आदि घरभित्र पूजिने देवताहरूलाई न्वाँगी चढाउने गर्दछन् । शुभकार्यमा विघ्नबाँधा ल्याउने मिसेक, कुइकुदाको पनि पूजा गरिन्छ । राई जातिले भने आˆनो आदि पुर्खा पारुहाङ र सुम्मिनाको प्रतीक सेतो र कालो शिला गाडी पूजा गर्नेगर्दछन् । पूजापछि जङ्गलमा सिकार खेल्ने, भस्मे फाँड्ने, बस्ती बसाउने, अन्नबालीको बीउ पत्ता लगाउने, खेती गर्नेजस्ता सीप नृत्यको माध्यमबाट राईहरूले प्रस्तुत गर्ने गर्दछन् ।

यी सबै विधिविधानका आख्यान मुन्धुमसँग जोडिएका छन् । यी विधिविधानहरू सजातीय पूजारीहरू जस्तै फेदाङ्मा, साम्बा, नाक्छोङ, ना?सोद्वारा सम्पन्न गरिन्छन् ।

किरात चाड प्रकृतिपूजाको रूपमा

पृथ्वी -भूमि), आकाश, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपक्षी, वनस्पति आदिको पूजा अर्चना पनि हो किरात चाड । मानव समुदायले आˆनो प्राण धान्नका लागि खाने सबै प्रकारका अन्न बाली, फलफूल उत्पादनमा यी तत्वहरूको भूमिका अनिवार्य रहेको हुन्छ । खेतीपातीमा उपरोक्त तìवहरूको त्यही अहं भूमिकालाई मनन गर्नु र आभारी हुनु किरात जातिको स्वजातीय विशेषता हो र त्यही विशेषताको अभिव्यक्ति यो चाडमा हुने गर्दछ ।

राई जातिले सुम्निमा र पारुहाङलाई आˆनो आदिम पुर्खा मात्रै होइन धरती र आकाशको प्रतीकको रूपमा पनि पूजा गर्दछन् । याक्खाहरूले चोसोवालाई भूमि पूजाको रूपमा पनि मान्ने गर्दछन् । भूमिको उर्वरतामा उम्री फलेको बालीनाली आफूले खानुभन्दा पहिला स्वयं अन्नदाता भूमिलाई नै चढाई आभार व्यक्त गर्ने चाड हो किरात चाड । किरात वंशको एउटा शाखा लिम्बू जातिले पनि बालीनाली लगाउनुपूर्व यक्वा सेवा -वैशाखे पूणिर्माको दिन गरिने -पूजा) गर्दछ । सोही दिन रोपिएको नयाँ बीउ बिजन राम्रो उमि्रयोस्, बढोस्, चरामुसा नलागोस्, फुलोस्, फलोस् भनेर प्रकृति र आफूले मानीपुजी ल्याएको देवताहरूसँग भाकल गर्ने प्रचलन छ । यही भाकलमुताविक अन्नबाली पाकेपछि सकुसल अन्नबाली फल्न, पाक्न सहयोग पुर्‍याउने प्रकृति, पशुपक्षी आदिलाई धन्यवाद ज्ञापन गर्ने अवसरको रूपमा लिम्बूहरूले यो पर्वलाई लिने गर्दछन् ।

किरात चाडको सामाजिक पक्ष

किरात चाडमा किरात जाति पूजापाठ गर्नुका साथै एकआपसमा भेटघाट गर्ने, शुभकामना आदाप्रदान गर्ने, परम्परागत नाचगान गरी मनोरञ्जन गर्ने, मौलिक भेषभूषा लगाउने र आफन्तजनसँग मीठोमीठो खाने गर्दछन् ।

राई जातिमा सासुबुहारी, बाबुछोरादेखि नातिनातिनासम्म एकै ठाउँमा भेला भई सेमुना साकेन्वा धक फुकाएर नाच्ने गर्दछन् । यसरी नै सुनुवार जातिमा पनि शाँदार पूजाआजा सकिएपछि ढोल र झ्याम्टा बजाएर विभिन्न सिलिहरू नाच्दै मनोरञ्जन गर्दछन् । यता लिम्बूहरू भने उनीहरूको जातिको आदिम खेलाडी पोरोक्मी यम्भामिबालाई स्मरण गर्दै पक्लुङ लेप्मा -छेलो हान्ने) खेल खेल्दछन् । यही अवसरमा फुङ्वा चाङ्मा -जीवनरूपी फूल जगाउने) मुन्धुमी कर्म पनि सम्पन्न गरिन्छ । किशोर किशोरीहरू परिपक्व उमेरमा प्रवेश गरेको सङ्केतको रूपमा चाङ्वाःन् लेक्मा -विशेष विधिविधानका साथ लुगा/वस्त्र अर्थात् तागाबा र मेख्ली लगाइदिने) सुअवसरको रूपमा पनि यो चाडलाई लिने गरिन्छ । केलाःङ् -च्याबु्रङ नाच) र या? लाःङ् -धान नाच) पनि यो पर्वका थप आकर्षण हुन् ।

यस चाडको पावन अवसरमा याक्खा याक्खामाहरू एक ठाउँमा भेला भई केवलाक, चावकलाक गर्ने विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने, नाचगान गर्ने, शुभकामना आदानप्रदान गर्छन् ।

यसरी नै शाँदारले सामाजिक तथा सांस्कृतिक रूपमा मानवीय एकता, शान्ति, सद्भाव र समन्वय स्थापित गर्दछ भन्ने सुनुवारहरूको सामाजिक विश्वास पनि रहेको छ । रिसइवी छाडेर व्यक्तिगत हितभन्दामाथि उठेर 'हामी भावना' ले ओतप्रोत भई सामूहिक हितका लागि ऐक्यबद्धता जनाउने यस चाडको महìवपूर्ण पक्ष भनेको सहभागितामूलक समन्वय ठान्दछन् उनीहरू ।

सरकारको नजरमा किरात चाड

अहिले मुलुक धर्मनिरपेक्ष छ । यसको परिणाम सम्पूर्ण जातजातिले पूर्णरूपमा अनुभूत गर्नसक्नेको अवस्था अझै बनिसकेको छैन । यद्यपि यो अवस्थामा पुग्न धेरै लामो सङ्र्घषको बाटो तय गर्नुपरेको छ । यही सङ्घर्षकै परिणाम स्वरूप किरात चाडले पनि यो सालदेखि राष्ट्रिय पर्वको रूपमा मान्यता पाएको छ । सङ्घीय लोकतान्त्रिक नेपाल सरकारको २०६४ फागुन १८ गतेको निर्णयपछि किरात जातिले पहिलो पटक आˆनो पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउँदै छन् ।

किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाको संयुक्त पहलमा २०५८ मा माग गरेबमोजिम तत्कालीन सरकारले सम्बन्धित जातिका लागि मात्र भनेर किरात चाडलाई मान्यता दिने निर्णय सोही साल चैत २६ गते गरेको थियो ।

विगतका शासकहरूको बक्रदृष्टिमा परेको किरात चाड भरखरै ब्युँतिएको अवस्थामा छ । यही कारणले पनि किरात चाड लोक जीवनमा पूर्णरूपमा स्थापित हुन सकेको छैन, एकरूपता र भव्यताको हिसाबले । यसले पूर्णता पाउन अझै लामो समय लाग्ने देखिन्छ । राज्यकै नीतिका कारण किरात चाडले यस्तो हविगत भोग्नु परेकाले अब यसलाई पूर्णता प्रदान गर्न पनि सरकाले नै विशेष ध्यान दिनुपर्दछ ।

टुङ्ग्याउनी

हामी राज्य पुनःसंरचनाको युगमा छौँ । यो अवसरमा किरात चाड फगत चाडको रूपमा मात्र नभएर सङ्घीय राज्य निर्माण अभियानसँग जोडेर ऐतिहासिक पर्वको रूपमा मान्नुपर्ने युगीन दायित्व आज हाम्रो काँधमा आएको छ । यो पावन अवसरलाई संविधान निर्माण र राज्य पुनःसंरचनाको सार्थक प्रयाससँग जोडेर मनाउनु पर्छ ।

विभिन्न समस्या भए पनि सामूहिक रूपमा मनाउँदै आएको किरात चाडले सम्पूर्ण किरात समुदायमा अपनत्वको विकास भएको छ । यसले अन्य भाषा, संस्कार, संस्कृतिको चेपुवामा पर्दै आएको किरात चाडको संरक्षण, संवर्द्धन तथा प्रचारप्रसारमा ठूलो योगदान पुर्‍याएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    26 min 40 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 53 min ago
  • hlw
    22 hours 34 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 17 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • लयको खोजीमा
  • गजल
  • पुरुष
  • शुभकामना
  • "नीलम तिमी"
  • अन्धा र हात्ती
  • केही टुक्राहरू
  • मनपर्यो अमेरिका ?
  • निशब्द पोखिएको प्रेम
  • ... आयौ भन केका लागि
  • दुःखी चेली
  • आखिर तिमीले फाल्नु थियो
  • गजल
  • मेरो पाखा बारी
  • "तीजको गीत"
  • यसपालीको दशैं टिको लाउन पाइन
  • जसै बङ्गको रंग छाडेर आयें
  • पीपलबोट
  • नाट्यसाहित्यको गहकिलो समालोचना
  • एउटा अविस्मरणीय यात्रा
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित