Skip to content

कविता- जिन्दावाद र… मुर्दाबादका नाराहरु,

जिन्दावाद र…
मुर्दाबादका नाराहरु,
सुन्दा सुन्दा म वाक्क भैसकेँ
ए कोहि सुनाउन बुद्ध वाणीहरु

ति पक्कै भाग्यामानिहरु हुन्
जस्ले देशको लागि मरेर गए
जस्ले क्रान्तिमा आहुति दिए
समानताको लागि
मुक्तिको लागि देशको लागि
तर देश फेरीएन
बरु फेरी यि ब्वाँसाहरु सिर उठाउँदैछन्
जिन्दावाद र….
मुर्दाबादका नाराहरु,
सुन्दा सुन्दा म वाक्क भैसकेँ
ए कोहि सुनाउन बुद्ध वाणीहरु

आहा त्यो कुर्सि
मेरै हो केवल मेरै
छोड्दिँन …
त्यो प्राण हो
मेरो ज्यान हो
देश भन्दा पनि बढी
भन्दै उफ्न्छि यहाँ झारहरु
शिर उठाउँदैछन् गद्धारहरु
चर्काउँदै थर्काउँदै
जिन्दावाद र…
मुर्दाबादका नाराहरु,
सुन्दा सुन्दा म वाक्क भैसकेँ
ए कोहि सुनाउन बुद्ध वाणीहरु

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *