Skip to content

मुक्तकहरु र छेस्काहरु (राम शरण श्रेष्ठ)


>>>>>>>>>>”मुक्तकहरू” <<<<<<<<<<<< 1 कालो गए गोरो आउँछ, बेकारको चिन्ता किन खुट्टा भए जुक्ता पाउँछ, बेकारको चिन्ता किन मायाँ मात्र जीवन हैन, मात्र ठान्नु एउटा पाटो दुख जान्छ खुसि छाउँछ, बेकारको चिन्ता किन 2 छुट्नै पर्ने रैछ आखिर तक्दिर कस्ले फेर्न सक्छ मुटु भित्र गडिएको तस्बिर कस्ले फेर्न सक्छ मैले चाहेँ उसैलाई उस्को धड्कन अरु कोही लेखिएको रैछ पिडा लकिर कस्ले फेर्न सक्छ 3 नओईलाउने फूल रोप्ने कि म सोच्दै छु गन्तब्यनै अचुक तोक्ने कि म सोच्दै छु सधै हार मात्र त, पक्कै पनि हुँदैन होला भाग्य सँग परिश्रम जोख्ने कि म सोच्दै छु 4 धुम्रपान मध्यपानले ज्यान लिन्छ जान्नु आज भन्दा भोलि रोग थपि दिन्छ जान्नु आज भन्दा भोलि, भोलि भन्दा पर्सि बढ्दै जाँदा मात्रा, लतमा परिन्छ जान्नु 5 अर्कालाई पस्केको भाग, खान सक्दिंन म जबरजस्ति हालि सिन्दुर, लान सक्दिंन म उनका पनि सपनाहरू, होलान कति कति कुल्ची सपना बिरुद्ध प्रेमको, जान सक्दिंन म 6 >>>>>>>”छेस्काहरू”<<<<<<<<<<< 1 नजिकैको आभाष नभएपछि उस्लाई मेरो विश्वास नभएपछि कुरेरै मात्र चल्दैन संसार सधै पाउने कुनै आस भनएपछी 2 म प्यारमा हार खाएको मान्छे बिछोड सँग मित लाएको मान्छे नहुँदैमा के भयो र साथीहरू पनि म मित्रबाटै धोका पाएको मान्छे 3 भमराको झुकाब, फूलमा हुनु नौलो हैन अनगिन्ती सुझाब, भूलमा हुनु नौलो हैन चलिरहन्छ संसार, आफ्नै धुनमा सधै किनार जोड्ने औकात, पुलमा हुनु नौलो हैन 4 मैले हार्नै पर्ने उनि जित्नलाई टाढा सार्नै पर्ने उनि जित्नलाई आखिर मैले प्रेम जिताउनुनै परेपछि आँसु झार्नैपर्ने उनि जित्नलाई 5 आजकलका भुरा के भा को तरुनी देख्दा बुढा के भा को कलियुग चरम सिमामा पुगेजस्तो छ मान्छेहरूका कुरा के भा को 6 जबसम्म आत्माहरू बुद्ध हुँदैन चाहेरनी कोहिपनि शुद्ध हुँदैन शान्तिनै गन्तब्य तोक्ने हो भने कहिल्यै मार्ग अबरुद्ध हुँदैन 7 जे जे सक्छौ खुलेआम गर सक्छौ भने पूरै बदनाम गर फेरी उठेर हिँड्ने कोसिर हुनेछ बरु आजै काम तमाम गर 8 प्रेमले काँडाको मतलब गर्दैन नजिक टाढाको मतलब गर्दैन दुई मुटु एउटै भैसकेपछि त खतरा र बाधाको मतलब गर्दैन 9 जनता नजागेपछी यस्तै हुँदो रैछ पछि मात्र लागेपछी यस्तै हुँदो रैछ को सहि को गलत बुझ्नुपथ्र्यो सबैले डर मनमा राखेपछी यस्तै हुँदो रैछ 10 मेरो खुकु्री रिसाउला होश गर्नु ठूलै दण्ड पाउला होश गर्नु जिउँदै चितामा राखेर जलाउन जनताले शंख बजाउला होश गर्नु 11 बोलाउँदानि तर्किहिँड्यौ के भयो खै कुन्नि नबोलेरै झर्किहिँड्यौ के भयो खै कुन्नि कस्ले फुक्यो कान तिम्रो देख्नै चाहान्नौ टाढैबाट फर्किहिँड्यौ के भयो खै कुन्नि 12 उ भन्छ प्यारले धोका दियो म भन्छु यारले धोका दियो प्यार र यारमा फरक नदेखेपछि दुबैको ब्यवहारले धोका दियो 13 म के गरौ अब तिमी बताऊ बाँचौ कि मरौ अब तिमी बताऊ फैसला आजसम्म गर्नै नचाहेपछि भर कति परौ अब तिमी बताऊ राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप http://chisapaninepalblogspotcom/ Previous Posted: http://chisapaninepalblogspotcom/2012/06/blog-post_13html

Leave a Reply

Your email address will not be published. Required fields are marked *