Skip to content

नयाँ एक युग आओस यस लोकमा


नयाँ एक युग आओस यस लोकमा
शान्ति जहाँ छाओस्
न देखुन स्वप्न पुग्ने नवलोकमा
राज गरुन ईशका दूतहरू
ध्वस्त भउन चपलहरू
कुनै सिमानाभित्र नजेलिएका
बन्धनको डोरीले नबेरिएका
स्वच्छन्द उडिरहने चरी झैं
उड्न सकुन मानिसहरू जहाँ ।

चाहनाविहिन मानिसहरूको जमात-
एक यस्तो लोक बनोस धरा
समेटेर एक भावनालाई
जहाँ मानव गरओस माया मानवतालाई
मण्डलका सारा तारा
गाउन एक गीत – अभिधारा
नाँचुन मयुर वन-वनमा
मानिसको मन-मनमा
एक नयाँ युग आओस यस लोकमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *