Skip to content

सम्झी रुन्छु अचेल


हेर्दा यतै भए पनि कता कता हुन्छु अचेल
रात सँगै एकान्तमा उनी सम्झी रुन्छु अचेल

माया दिदा पीडा मिल्ने विश्वास गरे फेरि धोका
त्यसैले त पीडा सबै आँशुले नै धुन्छु अचेल

नगरेको बात लायौ हिड्दा हिड्दै साथ छाड्यौ
बदनामी धोके बाज यस्तै यस्तै सुन्छु अचेल

भन्नेले त जे जे भन्छन् कतिको पो मुख थुनौ
थाकी सके हैन भन्दा आफ्नै मुख थुन्छु अचेल

म निभेर तिमी बले यस्तै यस्तै चलोस् जीवन
खुशी जति तिम्लाई दिइ पीडै पीडा चुन्छु अचेल

प्रेम कौशल

Leave a Reply

Your email address will not be published. Required fields are marked *