Skip to content

तीन मुक्तक (सानो मेरो मन, मरेतुल्य सम्झी, तिम्ले भेट्न )


(१)
सानो मेरा मनबाट ठुलै आश गर्यौ
फूल बनी हुर्किएर दिलमा बास गर्यौ
पलाउँदै थियो बल्ल मायाको त्यो मुना
हतारैमा कुल्ची तिम्ले त्यसै नाश गर्यौ

(२)
मरेतुल्य सम्झी तिम्लाई जिउँदै थिएँ म
हल्का हल्का त्यो सोमरस पिउँदै थिएँ म
छुटिएको मोडमा आई फेरी किन उभियौं
टुक्रिएको यही मुटु जोडी सिउँदै थिएँ म

(३)
तिम्ले भेट्न चायौं भने फेरि भेट होला
बोलाएमा आउँछु साँच्चै त्यही गेट होला
नकारेर मेरा माया पर सायौं भने तिम्ले
तिम्लाई सम्झी जिन्दगीको चङ्गा चेट होला । ……दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *