हल्ला गरेर भन तिमी के पाउछौ
भत्किएको घरको छानो किन जलाउछौ ?
म त मर्छु तिमी लाख जुनी बाँच है
म त झर्छु तिमी फूलसरी हाँस है
झुटो रैछ जिन्दगी यो झुटो रैछ तिम्रो माया
कसम कसम तिम्रो कसम चिनेनछु आफ्नै छाया
दुख्नसम्म दुखे अब किन दुखाउछौ
भत्किएको घरको छानो किन जलाउछौ ?
आजभोलि लाग्छ मलाई फूलको धारले चोट
देखिदो रैछ यहाँ दुखीको मात्रै खोट
फेरि किन झार्न खोज्छौ झर्नलाको फूललाई
पिउदै गर्दा किन थुन्छौ पानीको मूललाई
नुनचुक छरी आलो घाउ यो भैगो नचलाऊ
भत्किएको घरको छानो बिन्ती नजलाऊ ।
घायलश्री,
पर्वत हाल म्याग्दी