Skip to content

जीवन अनि जगत बुझेर

  • by


जीवन अनि जगत बुझेर अघि बढ्नुहोस
समयसँगै मान्छेको बिचारहरू पढ्नुहोस

संकट बने पर्खाल, हारेर हुन्न कहिले नि !
मिल्नेछ सफलता त्यो, हिम्मत कसी लड्नुहोस

संसार ठुलो रहेन, विज्ञानलाई जित्नै परे,
थन्काई अस्त्र हातको, बुद्धिले मन्मा गड्नुहोस

भरोसा पर्नु हुदैन, स्वालम्बी बनी बाँच्नु पर्छ,
बटुली आँट दू:खमा, खुड्किलो स्वयम् चड्नुहोस

ज्ञानको दिप बालेर, अध्यारो हर्नु परे याहाँ,
प्रकाश छर्न चौतर्फी, सलेदो बनि डढ्नुहोस

कल्पना राई “खुशी ”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *