Skip to content


हाम्रो नेपालमा विभिन्न भाषाभाषी र जनजातिको बसोबास छ । तिनीहरूको रहनसहन, भेषभूषा तथा आनीबानीलगायतका केही कुरामा समानता छैन । नेपालका सबै मानिसको अनुहार, उचाइ र वंशाणुमा समानता नभएपछि सबै कुरामा भिन्नता देखिनु स्वाभाविक नै हो । अहिले भने प्रायः सबैको सोचाइ समानतामा केन्द्रित भएको छ । नारी-पुरुषमा समानता, तिनीहरूले गर्ने कामको पारिश्रमिकमा समानता, जात-जातिमा समानता, आवासीय (बोर्डिङ) र सरकारी विद्यालयको शिक्षण शुल्कमा समानता आदिदेखि काम, दाम र नाममा मात्र होइनÙ माम खानेकुरामा समेत समानता चाहिन्छ भन्न थालिएको छ ।

उनीहरूका विचारमा मान्छे-मान्छे सबै एउटै हुन् । जसको हात काटिए पनि रातै रगत चुहिन्छ । सबै मानिसलाई उत्तिकै दुख्छ । फेरि किन भिन्नता गर्ने भन्ने देखिन्छ । यसो चिन्तन गर्दा ठिकै हो जस्तो लाग्छ तर गहिरिएर हेर्दा केही कुरामा पनि समानता भेटिन्न । रगतको रङ रातो देखिए पनि त्यसमा हुने गुणका आधारमा वर्गीकृत हुन्छ र ए., बी. ओ. र एबी. पोजेटिभ तथा निगेटिभ आदिमा छुट्टन्िछ । शरीरको विकासलाई हेरे पनि नारी र पुरुषमा समानता पाइँदैन । निश्चित उमेर भएपछि कसैका मुखभरि चाहिँदा नचाहिँदा झुस उमि्रन्छन् र पत्तीले काट्दा हैरानी हुन्छ । कसैका सेउजस्ता चिल्ला र राता गाला हुन्छन् । रौं उमि्रदैनन् । कोहीलाई महिनावारी भएर वाक्कै पार्छ । कसैलाई महिनावारी कहिल्यै हुँदैन । कहाँ छ- समानता यति जान्दाजान्दै सबै कुरामा समान हुनु पर्छ भनेर किन फलाक्न थालेका होलान् ?

कुराको गाँठी फेला पार्न त्यसै सकिँदैन । हुनुपर्छ- साठीको । समाजको संस्कृतिले मान्छेलाई धेरै असर पुरयाएको हुन्छ । त्यो संस्कृति समाज निर्माण गर्ने राजनेताले निर्माण गरेका हुन्छन् । त्यसमा परिवर्तन ल्याउन सामान्य नेताले आँट नै गर्दैनन् । गरुन् पनि कसरी ? हिजोसम्म आफूले हेपेर ‘तँ’ वा ‘तिमी’ भनेर बोलाउने गरेकीले ‘तँ/तिमी’ भनेर समानता खोज्दा कन्सिरी तातेर रिसै उठ्छ । बाटोमा हिँड्दा नचिनेको मान्छेलाई ‘तपाईं’ भनेर सम्बोधन गर्न सक्ने पुरुषले सारा गृहस्थी चलाएर उसैको जीवन सुखमय बनाइदिने अर्धाङ्गनिीलाई कहिल्यै ‘तपाईंं’ भन्न सक्दैन । के नयाँ नेपाल बनाउने सङ्कल्प बोकेका नेताहरूले मुलुकको संविधान बनाउँदा श्रीमतीले श्रीमान्लाई तपाईं भने जस्तै श्रीमान्ले पनि श्रीमतीलाई तपाईं भन्नुपर्छ भनेर लेखाउन सक्छन् ? कुरोको चुरो फेला पारेपछि नाडी नगल्दासम्म नारीहरूले समाते भने फुत्कन गाह्रै पर्ला ।

त्यसपछि आफूभन्दा कान्छो देवरलाई भाउजुले तपाईं भन्नु पर्ने तर जेठी भए पनि भाउजुलाई देवरले ‘तिमी’ भन्ने असभ्य चलन स्वतः हराएर जानेछ । दिनभरि काम गरेर हलाप परेकी स्वास्नीलाई दिनभरि हल्लिएर हिँड्ने लोग्नेले हकार्ने चलन रहेसम्म नयाँ नेपालको निर्माण हुनेवाला छैन । परम्परावादीहरूले समेत यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः जहाँ नारीहरूको सम्मान हुन्छ, त्यहाँ सबै रमाउँछन् भनेको बेलामा खोई नारीहरूलाई सम्मान गर्न सिकेको ? समाज बदल्न संस्कृति बदल्नु पर्छ । संस्कृति बदल्न व्यवहारमा प्रयोग गरिने भाषा फेरिनु पर्छ । भाषा फेर्नु भनेको सबैलाई मीठो बोलेर सम्मान गर्नु हो । उहिले ऋषिमुनिले पि्रय वाक्य प्रदानेन सर्वे तुष्यन्ति जन्तवाः … वचने का दरिद्रता भन्दै मीठो बोल्नाले सबै प्राणी खुसी हुन्छन् भने नमिठो बोलेर किन दुःखी तुल्याउनु भनेका छन् ।

हामीहरूले भने अरूले भनेका राम्रा कुरा लिँदै नलिनेÙ नराम्रा जति सबै हाम्रा भन्दै किन लिने गरेको होला भन्दै म सोचिरहेको थिएँ । मेरो अघि उभिएर ‘के सोचिराखेका छौ ? यस्तो गम्भीर भएर’ भन्दै गुरुले भन्दा पो म झस्किएँ । आफूलाई टाउको खाइरहेको कुरा भएको हुनाले तुरुन्त सोधेँ । गुरु Û सबैले हामीलाई समानता चाहियो । नयाँ नेपाल बनाउनुपर्छ भन्छन् तर परीश्रम गर्ने नारीहरू त्यो गर्न चाहान्नन् । पुरुषहरू श्रम गरेर सम्मानित हुने कुरा सोच्दै सोच्दैनन् । फेरि पुर्खाका राम्रा कुरा लिँदै नलिने, नराम्रा कुरालाई पटक्कै नछोड्ने बानीले हाम्रो नयाँ नेपाल बन्छ त । मेरो कुरा सुनेर अलि गम्भीर हुँदै उहाँले भन्नुभयो । ”हेर भाइ! पानी तलतिर बग्छ । नदीको पानी तलतिर बगेको तिमीले धेरै ठाउँमा देखेका छौ । होइन ?” मैले ‘हो’ भने । त्यो पानीलाई माथि ल्याउन मेसिन, पाइप र बिजुलीको शक्ति चाहिन्छ । त्यसै माथि आउँदैन । म मनमनमा सोच्दै थिएँ । के भनेको होला । यस्तो कुरा त सबैलाई थाहा छ । उहाँ भन्दै हुनुहुन्थ्यो । कार अथवा जिप गाडीलाई उकालो चढ्न पेट्रोल वा डिजेलको तेल चाहिन्छ । ओरालो र्झन धकेली दिए पुग्छ । त्यस्तै मान्छेले राम्रो कुरा सिक्न शिक्षा, संस्कृति र सभ्य समाज चाहिन्छ । नराम्रा कुरा सिक्न केही चाहिन्न ।

मलाई अलिअलि बुझेजस्तो र धेरै नबुझेजस्तो भएकाले फेरि सोधेँ । ‘त्यसो भए नयाँ नेपाल बन्दैन ।’ उहाँले तुरुन्त भन्नुभयो- ”बन्छ तर यसरी होइन ।” मैले भनेँ- ”कसरी बन्छ त ?” गुरुको उत्तर थियो । नेताहरूको दृढनिश्चय छ र शिक्षा र संस्कृतिमा आमूल परिवर्तन गर्ने अठोट छ भने बन्दछ । त्यसो भए कस्तो शिक्षा र संस्कृति हुनु पर्दछ ? मेरो मनको कुरा मुखबाट फुस्किहाल्यो । ‘शिक्षा सधैँ जीवनवादी र व्यवहार उपयोगी हुनु पर्दछ ।’ उहाँ भन्दै हुनुहुन्थ्यो । बढी खाएर अपच भएकालाई उपवासको शिक्षा दिनु लाभदायक हुन्छ । कहिल्यै पेटभरि खान नपाउने नेपालीलाई के को उपवास ? कसरी काम, दाम र माम पाइन्छ । त्यही शिक्षा दिनु पर्दछ ।

मेरो जिज्ञासा पुनः थपियो । छोटो समयमा कक्षा एकदेखि माथिसम्मका पाठयक्रम कसरी बदलेर सबै परिवर्तन गर्न सकिन्छ ? मान्छे यिनै हुन् । नेपाल यही हो । उहाँको तर्क थियो- नेपालीहरू कुरीति र कुसंस्कारबाट गाँजिएका छन् । राणाहरूको दबाबमा बसेका जनतालाई राजाहरूले दबाएर राख्न सजिलो भएजस्तै नेपालीहरूलाई राम्रो शिक्षा र संस्कारद्वारा छिट्टै सुधार्न सकिन्छ । नेपालमा आजसम्म भएको कुरा पुरानो चलन भत्काउने तर नयाँ कुरा नदिने बानीले भित्री परिवर्तन कहिल्यै भएन । एउटा चाणक्यले सबैलाई चलाएर हिमालदेखि सिन्धु घाटीको समुद्रसम्म एउटै राज्य बनाउन सक्छ भने नेपालका यति धेरै नेताहरू नयाँ नेपाल बनाउन किन सक्दैनन् ? अवश्य सक्छन् । मात्र उनीहरूमा चाणक्यको जस्तो स्वार्थत्यागको भावना र राष्ट्रनिर्माणको दरिलो सङ्कल्प हुनु पर्दछ ।

यिनीहरू हाम्रा सच्चा नेता हुन् भन्ने जनताले थाहा पाउने काम भयो भने बत्तीमा पुतली झुम्मिए झैं उनीहरू झुम्मिने छन् । अब रहयो पाठयक्रम परिवर्तन र शिक्षाको कुरा । त्यो पनि सजिलै पूरा गर्न सकिन्छ । सर्वप्रथम देशका वरिष्ठ सर्जक, कलाकार तथा शिक्षकहरूलाई शिक्षा र संस्कृतिसम्बन्धी दस दिने प्रशिक्षण दिने र सोहीअनुसार जीवनमुखी सिर्जना र शिक्षा दिन उत्प्रेरित गर्ने । त्यसपछि क्रमशः पाठयक्रम परिवर्तन गर्ने । यसरी एकपछि अर्को काम गरे नयाँ नेपाल किन बन्दैन ?

म संस्कृति र सभ्य समाजको निर्माणसम्बन्धी कुरा सम्झेर के घोरिएको थिएँ । उहाँले फेरि भन्नुभयो- ”अब के कुराले चिन्तित बनायो ?” मलाई भनूँ कि नभनूँ भइरहेको थियो । गुरुको कुरा फेरि सुरु भयो । ‘यी सबै काम गरे पनि संस्कृति र संस्कारमा स्वभाविकता र सम्मान रहेन भने सभ्य समाजको निर्माण हुँदैन । त्यसैले बोलीमा आदरार्थी ‘तिमी र तपाईं’ बाहेक ‘तँ’ ‘हजुर’ जस्ता शब्दलाई हटाउनु पर्छ । आफूभन्दा उमेरमा जेठो, ठूलो पदको, विद्वान् र स्त्री जातिलाई सधैँ ‘तपाईं’ मात्र भन्ने । आफूभन्दा उमेरमा कान्छो, पदमा सानो र बालकलाई तिमी भनेर व्यवहार गर्ने । यति भएपछि कसैको अपमान र तिरस्कार हुँदैन तर यस्तो कामको सुरुआत सरकारको माथिल्लो तहदेखि सुरु भई सबैतिर अनिवार्य रूपमा लागू गरिनु पर्छ । मेरा गुरुको नयाँ नेपालको नयाँ कामसम्बन्धी चर्चाले मेरा सबै खुल्दलीहरू मेटिए । त्यसैले नयाँ नेपाल बन्ने कुरामा म विश्वस्त हुन थालेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *