Skip to content

अशान्तिको आगो सधैँ दन्किएर


अशान्तिको आगो सधैँ दन्किएर देश डुब्यो
सीमानामा वैरीहरू तन्किएर देश डुब्यो

आफ्नो औकात बिर्सिएर ठूलाठालू बन्दै हिड्ने
च्याऊ जस्ता नेता सबै सन्किएर देश डुब्यो

निजि स्वार्थ मौलाएर चारै तिर ढाक्दा खेरी
विकासका पूर्वाधार नै थन्किएर देश डुब्यो

जता ततै काम भन्दा दाम प्यारो हुँदै जाँदा
भ्रष्टाचारका मोटा झिँगा भन्किएर देश डुब्यो

कोही सुत्छन चौबाटोमा भोको पेट समाएर
कतै भने डिस्को नाच घन्किएर देश डुब्यो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
14 January ,2013

5 thoughts on “अशान्तिको आगो सधैँ दन्किएर”

  1. प्रिय मझेरी.कम,
    यो निरन्तरको

    प्रिय मझेरी.कम,
    यो निरन्तरको स्नेह,सद्भाव र मायाकोलागि हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l
    कोमल भट्ट
    पुरानो नैकाप,काठमाडौँ l

  2. धन्यवाद !
    कोमल जी, तपाईंको गजलले हामी नेपालमा बस्नेहरुको मुटु छुन्छ | प्रवासमा बसेर भए पनि नेपाली साहित्यको माध्यम द्वारा आफ्नो जन्मभूमिको सेवा गरिरहनु भएको छ, एसको लागि तपाईंलाइ धेरै धेरै बधाई छ |

    धन्यवाद !

  3. कोही सुत्छन चौबाटोमा भोको पेट
    कोही सुत्छन चौबाटोमा भोको पेट समाएर
    कतै भने डिस्को नाच घन्किएर देश डुब्यो

    Truly Realistic .

Leave a Reply

Your email address will not be published. Required fields are marked *