Skip to content

सधैं हुन्छ र रात ?

  • by


सधैं हुन्छ र रात ? अब त उज्यालो छाउनैपर्छ
प्रकृतिको नियम छ दु:खपछि सुख आउनैपर्छ

जति गर्नु गर्‍यौ थिचोमिचो अन्याय अत्याचार
कानुनी राज्य भए अब त निसाफ पाउनैपर्छ

यति सजिलै त केलाई दिन्थे न्याय हामीलाई
आफ्नो हकको निम्ति दिनरात नभनी धाउनैपर्छ

पक्कै हुन्छ जीत हाम्रो एकदिन धैर्य मात्र गर
सुन त्यो दिन हाम्ले विजयी गीत गाउनैपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *