Skip to content

भन्छन सबै मान्छे यहाँ


नजोडिने गरी टुक्रा टुक्रा, भएर फुट्यो अरे
भन्छन सबै मान्छे यहाँ, मेरो मुटु टुट्यो अरे

एकलो बनाई आफ्नाले छाडी मलाई गएपछि
मिलेरै बिनाश गर्न, दुश्मनहरू जुट्यो अरे

परेकालाई सहयोग गर्न पछि म पर्दैनथे
रिस डाह गर्ने भन्थे, दुनियाले नि लुट्यो अरे

प्रगतिको बाटो लम्किदा खुट्टा तान्नेले झारेपछि
त्यही कुराले सारा गाउँ, हल्लाले नै चुट्यो अरे

निरन्तर माया विश्वास पाईरहेको समयमा
उनीसँगको मेरो पिरती, सुनिन्छ छुट्यो अरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *