Skip to content

शीतखोलाको सास्ती र वेदनाले गालेको आँत

  • by


यान्त्रीकरणको सहारामा एकै ठाउँबाट यसरी औँलाले माउस घुमाएर आˆनै अगाडि नवीन विश्वका चामत्कारिक दृश्यहरू ठम्याउने अपूर्व क्षण हो यो । तीसौँ वर्ष पुरानो पाषाणे अनुभव किस्सालाई संस्मरणको पोयोमा उनेर यसरी पस्किँदा शङ्कालु पाठकलाई काल्पनिक, मिथ्या र भ्रमपूर्ण हुनसक्छ घटना तथापि बुकुटोले चिमोटिएका र दुःखसँग अन्तरङ्ग बनेर हिमचिमिएका पाठकलाई पहाडी जीवनको झल्को अवश्य दिन्छ ।

सोम तीर्थस्थल बूढीचौरबाट दाहिने काखमा बगिरहेकी लघु शैलपुत्री शीतखोलातर्फ ओर्लिए । उन्मेष वेगमा छाँटिएर भन्द्राउँदै विशाल बगरमा फैलिएको थियो खोलाको आयतन । गोलो र चेप्टो लोहोरे दर्शन ढुङ्गाको प्राकृतिक राश बिछाइएको खोली बगरमा हिँड्दाको शास्ती अतुलनीय थियो । घरबाट हिँडेको सात घण्टा पछिको यस चुनौतीको पछाडि अति दुःखान्त कथा व्यथाहरू लुकेका थिए । उज्यालो विमुख बसले ढुसिँदो पृष्ठभूमिमा सनातनदेखि बगिरहेकोले होला शीतखोलाको नामाङ्कन भएको पनि । उज्यालो विमुख शीतखोलाको विचरण तथा घरका दुःखदर्दको समागम आकस्मिक संयोग नै हुनुपर्छ ।

मृतक आमाको बरखी बारेको सेतो सीमित कपडा लगाएर खाली पाइतालामा हिँड्नुभएको थियो बुबा । नाङ्गा पाइतालामा उठेका भवाउँदा फोकाको मार खप्न नसकी छिटोछिटो खुट्टा चालेको सास्ती देखेर घरीघरी म ऐँठन पर्दथेँ । जुत्ताको आडमा पाषणे बगरमा कचप्प टेक्दा भवाएका पैतालाको भुक्तभोगी थिएँ म । अनि बुबाको खपिनसक्नु दृश्यले मेरो मन कुटुक्क काटियो र हृदयमा एउटा तीखो सुइरो रोपियो । खचमचाउँदै र उप|mदै खुट्टा माथिको चुनौती छल्ने सबै प्रयास बुबाको लागि खुला रहे ।

तराईको स्याँठले विपरीत दिशाबाट शीतखोलाको बगर सर्लक्कै बढार्‍यो । हावासँगै उडेका धूलकण मुखभित्र पसेर कुडकुडाउन थाल्यो । मध्य फागुन अथवा वसन्त ऋृतुको यौवन अवस्थासँगै वयस्क उन्मुख गर्मीको छनक पाइनु स्वभाविकै थियो । कुसुम फूल फुलेर तराईमा गर्मीको इशारास्वरूप यसरी दक्षिणी स्याँठले जति लपेटे पनि हृवात्तै गर्मीको गुञ्जायस भने थिएन ।

रणसङ्ग्रामको थकित अनुभव चटक्कै बिर्सेर आलस्यको अधीनमा भुसुक्क सुतेको सिपाहीसरह थियो हाम्रो अवस्था । केही क्षण घरको ऋण भारको झमेला स्वाठ्ठै बिर्सेर मानसिक शारीरिक स्वतन्त्र शयरको यात्रामा थियौँ हामी बाबुछोरा । हामी दर्जनौँ सन्तानका हुर्काउँदा घरको आर्थिक अवस्था बिल्कुलै असन्तुलन थियो । ऋणको भारमाथि डाँका चोरी मुद्दाको वारदात तत्काल बज्रपात उल्का बनेर हामीमाथि नै बजि्रयो । बडेबाबा र निजका उत्तराधिकारीद्वारा अनाहकमा हामीमाथि डाँकाचोरीको फाल्सन झटारो लगाइयो । बाबाआमा र बाह्र वषर्ीय अबोध बालक म जतिबेला पनि अदालतको कठघरामा उभ्याउने वारेन्टमा बल्भिmएका थियौँ । तत्काल हामीमाथिको प्राकृतिक हेपाइसमेत यति चरममा थियो । मानौँ आकाशको घामहावा पनि हाम्रै खिलापमा बतासिँदै प्रकाश फैलाइरहेको छ ।

मृतक हजुरआमाको एकलौटी जिउनी पचाउने कलङ्कको धब्बाबाट छलिन रचिएको बडेबाबाको कुटिल प्रपञ्चले ग्रस्त थियो हाम्रो अवस्था । यावत् अनौठा विदारक घटनाहरू मृत्युको भुमरी बनेर हामीमाथि नै मडारिंदै थियो । सस्तो ब्याजमा ऋण खोज्न सुदूर दक्षिण अर्घाखाँचीलाई मानसिक शान्ति र स्वतन्त्रस्थल चयनको साइतमा हिँडेका थियौँ । यस यात्राको केन्द्रबिन्दु थार्पाइला र जुकेनामा केन्दि्रत थियो । जहाँ फुपूहरू र भान्दाजुको न्यानो आशीर्वादको शीतल छहारी सम्भव थियो । आर्थिक, मानसिक र शारीरिक वेदनाले गालेको आँतमाथि शीतखोलाको शास्ती जीवनको अविस्मरणीय घटना बनेर रहेको छ ।

धारिलो चट्टानसहित फराकिलो साम्राज्य अब सीमित साँघुरो गल्छीमा सङ्कुचन हुँदै शीतखोलो नागबेली आकारमा बग्दै थियो । दुवैतर्फका ओह्रालिँदा र निहुरिँदा लघु कुइनेटोको काबुमा नागबेली बनेको खेउटे रूप देख्दा उही शीतखोलो हो र ? भन्ने भ्रम मनमा पैदा भयो । राजु, मइनको तीखो मइनकाँडाघारीको निर्जन किनारमा हिँड्ने हामी मात्र एकल बटुवा थियौँ । सन्तले र बाख्रे हुँदै ओर्लिएको कैलासे खोलाले शीत दोभानमा गल्छी पैदा गर्दै समाहित भएको रहेछ । मृत्यु अस्तु यदाकदा दाहसंस्कार गर्ने यस दुर्लभघाटमा बचेखुचेका अँगारका राश असरल्ल थिए । खाग नबनेका सेता हड्डीका अँगारमाथिको दृश्यले झसङ्ग बनायो । विशाल ढुङ्गामुनि पानीको गहिरो रहमा चुर्लुम्म डुबी ढाडिएर बाहिर उत्रेको कात्रो मुर्दासरह देख्दा झनै डर लाग्ने । यिनै आकलझुकल अनौठा दृश्यहरूसँग जम्का भेट हुँदै आयतन खुम्चिएको सिप्यानमा हिँड्दै थियौँ ।

अनायास भालुदृश्य दुछुपिदा झसङ्ग भइयो नजिकैको सियालघारीमा सुकेको मियाल खोज्न भुइँ खोस्रदै क्वारक्वार आवाज उद्घोषित भालु दृश्यले सातोपुत्लो उड्यो । पाकेर झरेको सुकेका मियाल हिंस्रक भालुको पि्रय खुराक रहेछ । भुइँतर्फ निहुरिँदै मियालका घाँजी टोकिरहेको भालु जोडीको अजङ्ग दृश्य मात्र हामीबाट दस कदम अगाडि थियो । हाम्रो त होस् हवास उड्यो । ए भालु भन्दै ठूलो ढुङ्गाको आडमा लम्पसारिएर बुबा पछाडि घसि्रन सुरु गर्नुभयो । मलाई पनि आफूसरह घसि्रँदो कवाज गर्न सुटुक्क सङ्केत गर्नुभयो । मैले बुबाको छलिने गतिलाई हुबहू अनुसरण गर्दै पछि लागेँ । बडो मुस्किलले करिब दस कदम पछाडि हच्किँदै सुगम भित्ताको आड लिएर लामो सास फेर्‍यौँ । होसियारीपूर्वक तलतल पसाङ्रिएको बगरमाथिको दाह्रे कुइनेटोमा फुत्त उक्लियौँ । भालु जोडी रनभुल्ल बनेर चरिरहेको मियालघारीबाट हामी छलियौँ र तेस्रो कान्लोको फेरो भएर अगाडि बढ्यौँ ।

रातो धाइरोको लहरिँदो हाँगोमा पिङ खेल्दै र सुरेलिँदै भिरालो कान्लो पार गर्दा तीस कदमभन्दा बढी हिँड्ने साहस आएन । धारिलो चट्टान हाम्रो प्राकृतिक शरणमाथि बाधक बनेर तेर्सियो । दाहि्रएको पत्रेचट्टान धार सिधै खोलासम्म ओर्लिएको थियो । त्यही खोलासम्म पसाङ्रिएको चट्टाने भित्तोको आडमा पुनः खोलामा ओर्लियौँ । हामीले पछाडि छोडेर पार गरिसकेको घुमाउरो दुम्के कुइनेटो हामी र भालुबीच जुरुक्क उठ्यो । अबोध पहाडको रूपमा यसरी अग्लिएको सीमाङ्कनको सहारामा घुम्दै मोडिएको खोलामा पुनः फुत्त ओर्लिंदा भालुले सुइँकोसम्म पाएनन् । भालुको अपर्झट आक्रमण छल्न शीतखोलामाथि चढ्ने र ओर्लिने क्रममा कुलकुलिँदो सीमित आयतनको पानीको कुलोको घटना कम रोचक थिएन । सीमित आयतनको चिप्लो र सीब्यान डिलमा मुस्किलले पाइताला सार्दा घर्किदो खुट्टो चिप्लिएर धन्न मेरो दुःखद अवशान नभएको खोली तिरैतिर हिँड्दा पिलिएका खुट्टाको दुखाइ, शारीरिक थकान र अचाक्ली हावाको चुटाइले हामी दुःखी र सन्तप्त थियौँ । सेतो घुम्टोसँगै बुबाले पैरिएको पातलो धोती काँडाले चिथोरेर धुजाधुजा भयो । बुबाको शरीरको एकसरो सेतो दौरेभोटो पनि दर्जनौँ ठाउँमा फाटेका सग्ला प्वाले जीर्ण थियो । तिनै च्यातिएका भुल्ला एकसरो सेतो कपडा ओढेर दुःख मनाउ गर्नुपर्ने कस्तो हाम्रो सनातन परम्परा ? हजुरआमाको मृत्युस्वरूप वर्ष दिनभित्र खानपिनको परिधिमा रहँदा भोकैतीर्खै कैयौँ रात कटेको बुबाको अनुभव घटना सामान्य भइसकेको थियो । ओह्रालो लागेको मृगलाई बाच्छोले पनि लघार्छ भनेजस्तै मात्र हामी आज भालुबाट मात्र लघारिएका थिएनौं, परिस्थितिबाट पनि लघारिएका थियौँ ।

हामीमाथि सहानुभूति नराख्ने र हेयदृष्टि लगाउने दर्जनौं छरछिमेकबाट समेत हेपिएका थियौँ थुप्रै भाग्यहरूबाट ताछिएका थियौँ । यसैले आदरणीय फुपूहरूद्वारा रिझाइएको घरबाट झण्डै दसकोश टाढाको नवीन बस्तीमा पुग्ने हतारमा थियौँ । गाँस, बास र कपासले सताइएर सुरु गरेको थियो । बिरानिँदो यात्रा दसौँकोश टाढाको बिरानो मुलुकलाई सुरक्षास्थल चयन गर्दै अदालती कारबाहीमा छलिन दुर्लभ यात्रा गर्दा भालुको आक्रमणको मृत्युवरणको चुनौती खेप्नुपर्ने ।

अहिले हिँडिरहेको शीतखोलामाथिको एकल गुरुङ बस्ती उज्यालो आकृतिमा फुरुङ्ग देखियो । दक्षिण फर्केको पहारिलो भिरालोमा लस्करै परेको गुरुङबस्ती हाम्रो ठीक शिरमाथि सिरानी बनेकोमा दङ्ग थियो । त्यही हाम्रो थकान, दुःख र वेदनाका आँखालाई एकाएक हलुङ्गो पारिदिने सामिप्यको बिरानो साथी पनि थियो । हाम्रो हिँडाइ त्यही गुरुङ बस्तीको पाउमा केन्दि्रत थियो । नेपाल एकीकरण अभियानको क्रममा सबल नेपाल निर्माणका नायक बहादुर शाह सँगैको नेतृत्वमा नेपाली फौजको रूपमा गुरुङहरू समाहित थिए । मङ्रात राज्यहरू गुल्मी-पाल्पाको सफल आक्रमण पछि सुदूर पश्चिमतर्फ लम्किने क्रममा गुरुङहरू सेङ्लेङ्तलको त्यस दुर्लभस्थानमा पुगेका थिए । अनि सीमित फौजी गुरुङहरू त्यही विकट बस्तीमा घरजम गरिबसेका थिए । यसैले त्यो दुर्लभ घोरबन्दा गाउँ आज दुर्लभ गुरुङ जातिको आकर्षक सौजन्य बनेको छ अर्घाखाँची जिल्लाकै लागि । अति निम्सरो र भिरालो गुरुङ बस्तीबाट कुनै अम्खोरा तत्काल तल पल्टिएमा तूफान गतिमा हामीमाथि बजि्रने सम्भावना थियो । एकल गुरुङ बस्तीको ठीक तल शीतखोलासँग साउती मार्दै एक्लो यात्रा गर्दा असुरक्षाको तलतली भने तत्काल मेटियो ।

बाख्रेको पहारिलो डाँडो तलको खोली बगरमा केन्दि्रत थियो । हाम्रो थकित यात्रा । हामी लुरुलुरु हिँडे पनि खोलालाई हामीले नै हिँडाएका छौँ कि जस्तो भान हुन्थ्यो तत्काल । बसिलो गर्भबाट मुक्त भई खुला आकाश तलको फराकिलो आयतनमा झ्वाम्म हाम्फाल्दै र छाटिँदै ओह्रालिँदो अवस्थामा परिणत भयो शीतखोलो । अटुट हिँडाइले फतक्क गलेका खुट्टालाई खतरामुक्त यही खोली किनारमा सीमित समय विश्राम दियौँ । भोकले गालेर शरीर झोलिए पनि खाजासम्म खाने तत्काल आँट भने गरेनौँ ।

सायद मलाई डराएर तर्सिन्छ भनेर नै होला, पुर्लुक्क मेरो मुख हेरेर एकाएक घोरिए पनि न त भालु चुनौतीको दुःखद घटना बुबाले पुनः दोहोराउनु भयो । न त्यसको परिणामस्वरूप निम्तिने सम्भावित चुनौतीबारे बताउनुभयो । बुबाको चेहरा भने तत्काल भयग्रस्त रेखाहरूले भुइँडाँडो बनेर निधारसम्म स्वाठ्ठै खुम्चिएको देखिन्थ्यो । साथै थकाई, चिन्ता र भयको भवसागर रूपरेखामा त्रिवेणी बनेर तरङ्गएिको थियो ।

झड्केर हिँडेको पन्ध्र मिनेटमा उर्लंदो खहरे खान्दुला र शीत दोभानमा पुग्यौँ । पुनः शीतखोलाको आयतन खेउटिएर खुम्चिँदो सीमित गर्भमा विलीन हुन थाल्यो । यसरी खुम्चिँदो र फैलिँदो शीतखोलाको भुक्तभोगी हामी मात्र एकलयात्री थियौँ । हावाखोरी ठाडा बजारको बिल्कुलै उत्तरतर्फ सीमित थियो हाम्रो यात्रा । आहा Û कैलाशे र पद्मे पहाडको फेदीमा अवतरित हाम्रो यो यात्रा फलामको खँदिलो खानी स्रोतमा सीमित थियो । धेरै अग्लो खान्दुला पहाडबाट उद्गम भई सलल, चट्टानहरू शीतखोलातर्फ घिसि्रंदै ओर्लिने भएकोले यस स्थानलाई खान्दुला नामकरण गरिएको रहेछ ।

राष्ट्रिय योजना आयोगको फाइलमा समावेश भई विकासको सिँढीमा फटाफट उक्लिसक्नुपर्ने खान्दुला, कठै अर्घाखाँचीको टुहुरो ठाउँमा भाग्य ताछिएर यसरी थकथकाउँदै बेवारिसे बन्न विवश रहेछ । स्थानअनुरूपको मूल्य-मान्यताबाट बेकम्मा र अर्थहीन बनेर खुम्चिँदो भाग्यको गर्भमै लुक्न बाध्य थियो बिचरा खान्दुला । सय वर्षमा खोलो फर्किन्छ भन्ने उखानसरह खान्दुलाको भाग्य पनि एकपटक कुनै समय पलाउनेतर्फ आशातीत छु म ।

हिँड्दाहिँड्दै एकपछि अर्को दृश्यहरू अस्ताउने र उदाउने क्रम शीतखोलाको करिब तीन घण्टाको यात्रासम्म अनवरत रहृयो । हिँड्दाहिँड्दै अजङ्गका भीमकाय पत्थरहरू विशाल महाभारतको तल्लो गर्भ पट्ट फुटेर शीतखोलातर्फ सुरेलिंदै ओर्लिएको अनौठो दृश्य दोहोरियो । तिनै विशाल चट्टानको कापैकाप भएर यहाँनेर आइपुग्दा कतै हराउँदो र लुक्दो शीतखोलाको दृश्य यस्तो लाग्दथ्यो, मानौ रमणीय उपत्यका पोखराको गर्भमा एकाएक छलिएर हराएकी ‘सेती नदी’को काटीकुटी उपस्थिति दोहोरिँदै थियो । शीतखोला र खान्दुला दुवै नदीको दमैदोभान स्थलका विशाल चट्टानहरू आज अपभ्रंश भएर पृथक् नाम दमै ढुङ्गा पो भएको रहेछ ।

सुन्दैछु अहिले तिनै दोभान ढुङ्गाको काप सर्लक्कै थुनेर विकट गाउँ जुकेनामा शुद्ध पानीको कुलो कुदाइएको छ । विकट जुकेनालाई त्यही पोषिलो नहरको मद्दतले अनाजिलो उर्वर क्षेत्रमा रूपान्तरण गरिएको छ । तथापि त्यो सिँचाइ सौभाग्यको प्रतीक निर्विकार नहरको जल दृश्यबाट दुवै आँखा नारेर त्यो नहर अवलोकन गर्ने शुभसाइत आजसम्म न त मलाई जुरेको छ, न त्यही नहरको सिँचाइको प्रतिफलस्वरूप हराभरा बनेको सदाबहार जुकेनासँग पुनः साक्षात्कार बन्ने सौभाग्य नै मिलेको छ ।

आठ दशकको जीवनयात्रा कटेको वृद्धसरह लठ्ठा खसेको एउटा पुल सन्मुख पुग्यौँ । शीतखोलामाथि बेवारिसे अवस्थामा यसरी तुर्लुङ्ग झुण्डिएको उक्त झोलुङ्गे पुलको दुरदशा एकाएक दुछुपियो । प्युठान, रोल्पासम्मका ढाक्रेहरू बङ्सारीखोलो, जुकेना हुँदै नूनतेल हाट गर्न यही पुलको पाउ भएर ठाडाबाट पत्थरकोटसम्म आवत-जावत गर्दा रहेछन् ।

भय-त्रासको पराधीनबाट निर्धक्कपूर्वक मुक्त भएको जब हामीले महसुस गर्‍यौँ, अनि शीतखोलाको विशाल फाँकटको किनारा लागेर खानेकुरा खाने जमर्को गर्‍यौँ । त्यही बगरलाई सीमित क्षणको आश्रयस्थल चयन गरी बाबुछोरा थचक्क आम्नेसाम्ने बस्यौँ । करिब दस घण्टाको अनवरत हिँडाइले जति शरीर थकित थियो, त्यसलाई माथ गर्ने भोक प्यास थियो । खुम्चिएको आन्द्रा, गलेको शरीर, अस्थिरपञ्जर र सुकेको आँतमा चिसो खीरको प्रत्येक गाँस असहज अनुभव भयो । त्यो चिसो खीर खर्लाकखुर्लुक तुर्न हामीलाई हम्मे पर्‍यो । यद्यपि चिसो पानीको घुट्कोसँगै मुस्किलले तुरेर पेटका देवतालाई भुलायौँ । घरबाट लगेको खीरको खाजा तुरेर झोला हलुङ्गाउँदा केही उत्साह र केही साहसको परान थपियो आँतमा ।

आफूसँगै सहयात्री बनाएर बूढीचौर सोमतीर्थस्थलबाट यहाँसम्म सकुशलै अवतरण गराउने शीतखोलो आˆनै स्वच्छन्द वेगमा राप्ती नदीमा समाहित हुन अगाडि बढ्दै थियो । चञ्चलित लघुज्वारभाटामा थिहरिंदै बगिरहेको पानीको उतारचढावरूपमा कलकल बगिरहेको थियो । बगिरहेको त्यही पानीमा फाट्टफुट्ट उपि|mने जलचराचरको रोमाञ्च शयर आकर्षक देखिन्थ्यो बझेङ, आरीचौर, करावेसी, भाबीनतर्फ शीतखोलो भने उन्मेष वेगमा बगिरहेको थियो । लिस्कुना, महटारी र झेङ्खोलाको दुवै किनार लपेट्दै हराउने र झुल्किने अनुपम रूप प्रदर्शन गर्दै थियो । बोक्से चौर बुङ्चीखोलो, रातामाटा, राङकास र मियाले हुँदै निर्जन जङ्गलतर्फ लुकामारी गर्दै थियो । शीतखोलो र हामीबीचको करिब तीन घण्टाको मितेरी यात्रा टुङ्गयिो तर अनुभवको साइनो भने जीवनभर अमिट बनेर रहृयो ।

पोखेडाँडाको विशाल बोधिवृक्ष पीपलको हरियो दृश्यमा एकाएक दुवै आँखा डुबे । सयौँ एकड भूमिमाथि समदर्शी छहारी बिछाएको उक्त प्राकृतिक वृक्ष आमयात्रु ढाकरको विश्रामस्थल रहेछ । सिरसिरे हावामा हल्लिरहेको पीपलको साइनो सीमित क्षणमै टुङ्गयिो । पछिल्लो बास चयनका लागि आनन्दको शयरमा थिए चराचर रागरागिनीमा डुबिरहेको सन्ध्याकालीन चराचरको यो मीठो लवजबाट शिक्षा लिने साइत भने तत्काल जुरेन । क्षणिक संयोग बनेको उक्त बोधिवृक्ष चौतारीमाथि हुँदै पलायित भयाँै । चराचरको मीठो रागरागिनी गुञ्जन र शीतखोलाको कलकल सुसावट दृश्यबाट पलायित भयौँ जुकेना-थार्पाइलाको औडेरखौडे डौँडारो हुँदै घोडेटो मार्गतर्फ उकालियौँ ।

खाली पाइतालाले ढुङ्गेबगर चुम्दै हिँडेको सास्ती, भालुको जम्काभेट र भयत्रास हावासँगै लपेट्ने बालुवाको सास्ती, चरम थकानको पीडा र भिरालो कोप्चेरोमा हिँड्दाको भयत्रास शीतखोलाको चिसो पानी र सिरसिरे पीपलको हार्दिकताबाट ओझेल परे । अग्लाअग्ला पर्वतभित्र डुब्न लुसुक्क परेर लसिएको घामसरह हाम्रो अवस्था पनि थकानको बूढौलीले विश्रामको प्रतीक्षा गर्दै थियो । दुःख पछिको सुखमा रमाउनुको अनुभवी जीवन घटनाको किस्सा बनेर म भित्र डेरा जमाएको छ ।

–-अर्घाखाँची

पुष, २०६५ मधुपर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *