Skip to content

ब्याख्या आर्चना


कपाल कल्पना गरे मपातलो घना घना
निधार अल्प आकृती रनासिका सुहाउना
कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो
सलक्क कण्ठमा हिरा मुखार ओष्ठअल्प त्यो

शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी
गुलाब हात जात त्यो अकास निश्चला सरी
नवीन चाल मोहनी लगाउने बसन्त त्याँ
मुसुक्क मस्कदा हिरा सुरम्य चम्कने कहाँ

मधूर मिष्ठ बोलिले स्वभाव शिष्ट नौनि झै
सुवास पुष्प हौ तिमी उदाउ एक ईन्दु झै
हजार आउला कुमार सम्झ है त सानु मै

प्रशन्न आह त्यो मुहार पाउदा त प्रेम यैँ
शरीर पातलो सलक्क लोभिने मुहार त्यो
सुवास एक हौ तिमी म एक मेघ है ल त्यो
लजालु दृगले तिमी त अफ्सरा म लागनै
कुमार मै हु चाहने तिमी त एक पुष्प त्यै

बिक्रमादित्य

1 thought on “ब्याख्या आर्चना”

  1. सुझाव
    किंवा कवितया राजन
    किंवा वनितया तया
    पदविन्यास मात्रेण
    मनोनापह्रितम् यया ।

    छन्द मिलाउनकै लागि शब्दहरुलाई जथाभावी प्रयोग नगरिदिनुहुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *