Skip to content

कति सुहाएको


कालो कोठी ओठै माथि कति सुहाएको
कुरा गर्दा नाना भाँती कति सुहाएको

मन्दिरबाट फर्किएकी निधारमा टिकासँगै
कालो केशमा फूलपाती कति सुहाएको

सोह्रै शृंगार भरिपूर्ण अप्सरा हौ ए मिनाक्षी
मिलेको जिउ टम्म छाती कति सुहाएको

तिमी साथमा भएदेखि केको पूर्णे केको औँसी
जुनझैँ झल्ल बल्ने राती कति सुहाएको

तिम्रो रुपमा आकर्षण छ त्यसैले त तिम्रोपछि
भमराको लामो ताँती कति सुहाएको

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *