आधारात सँगै बस्यो, हेराईमै बित्यो त्यो रात
बोल्न खोज्थ्यौँ, बोल्न खोज्थे मौनतामै
कट्यो त्यो रात
निहुरीएर गाजलु ती आँखाबाट कर्के नजर
लजाउदै चिहाउदै हेर्दा हेर्दै
सक्यो त्यो रात
रेसमी त्यो कालो कपाल छोपीरन्थ्यो तिम्रो मुहार
मन्द मन्द मुस्कान सँगै हेराईमै रम्यो त्यो रात
आफै आफै सलबलाउथे औलाहरु तिम्रा कती
एकोहोरो आँखा जुधाई मुस्कुराउदै
ढल्यो त्यो रात
चिसो चिसो आउथ्यो हावा उडाइलान्थ्यो तिम्रो कपाल
गाजलु ती परेलीमा अल्झीएरै
चिप्ल्यो त्यो रात
आखाँबाटै मनका कुरा मनैबाट चोखो माया
मनपरायौँ नबोलेरै खै कसरी
गयो त्यो रात
बिक्रमादित्य