Skip to content
IshworManiAdhikari



यौटा ख्याउटे झिङ्गे माछो
ठुला माछाहरूको अगाडि
हात थापेर
न्याय मागिरहेछ !

न्याय,
आँखामा कालो पट्टि बाँधेर
दिब्य दृष्टिको हवाला दिंदै
लमतन्न /लम्पसार
तराजुमा झुण्डिरहेछ ।

शक्ति -भक्ति भए हुन्छ
भक्ति -शक्ति भए हुन्छ ।

शक्ति र भक्ति बिहिन
झिंगेमाछोको पक्षमा
न, ठुलो माछो छ
न, न्याय छ
न, तराजु छ
छ त केवल उही दृश्य छ
पूर्ववत !

सदियौंदेखि
यौटा ख्याउटे झिंगेमाछो
ठुला माछाहरूको अगाडि
हात थापेर
न्याय मागिरहेछ ! …

… ईश्वरमणी अधिकारी
… पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *